मनिग्रामले इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ।
सम्झौताअनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधैँ बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन्।
खाता निक्षेप सेवा सुरु भइसकेको छ। इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ।
भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न उत्साहीत बनाएको बताए।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश लगायतमा धेरै नेपाली आप्रवासीले मनीग्राम र इसेवाको साझेदारीपछि संसारभरी बाटै सजिलै रकम स्थानान्तरण गर्न सक्छन्।
रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्छ। यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झट नहुने बताइएको छ।