नेपाल टेक मार्केटले फोहोर व्यवस्थापनको समस्या समाधान गर्न प्रविधिमा आधारित प्रणाली (एप)ल्याएको छ।
कम्पनीका प्राविधिक प्रमुख मंगल प्रधानले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन एप बनाएको बताए।
कम्पनीका प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले यो प्रणालीलाई प्रयोगकर्ताले मन पराएको बताइन्।
फोहोर व्यवस्थापन गर्ने संस्था, घर, अस्पताल, होटल, स्कुल र सरकारी कार्यालयहरू सबैका लागि यो प्रणाली उपयोगी हुने उनले बताइन्।
यसले फोहोर उठाउने कम्पनी र फोहोर फाल्ने घर/कार्यालयबीच सिधा कुराकानी गर्न मिल्ने बनाइएको छ। यसबाट फोहोर उठाउने शुल्क अनलाइन तिर्न पनि सकिन्छ।
नगरपालिकाले पनि आफ्नो ड्यासबोर्डबाट आफ्नो नगर वा वडामा भइरहेका सबै फोहोर व्यवस्थापनका कामहरू हेर्न सक्छ।
डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केटका प्रमुख चिरञ्जीवी अधिकारीले यो प्रणाली सर्वसाधरणको आवश्यकता अनुसार बनाइएको बताए।
यसमा कृत्रिम बुद्धिमत्ता (एआई) पनि प्रयोग भएको छ। उनका अनुसार यसले फोहोर छुट्याउने र उठाउने समय मिलाउन र बाटो पत्ता लगाउन मद्दत गर्छ।
फोहोर व्यवस्थापन प्रणालीबाहेक नेपाल टेक मार्केटले अरू धेरै सेवाहरू पनि दिदैँ आएको छ।