भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) पेमेन्ट कार्ड सेक्युरिटी स्ट्याण्डर्स काउन्सिल (पिसिआई एसएससी) को दक्षिण एसिया क्षेत्रीय बोर्ड सदस्यका रूपमा चयन भएको छ।
यससँगै नेपालबाट यस बोर्डमा प्रतिनिधित्व गर्ने एकमात्र संस्था स्मार्टच्वाइस बनेको छ।
बोर्डले अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्ड विकास र प्रवर्द्धन गर्दै भुक्तानी कारोबारमा रहेका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरणमा सहयोग पुर्याउनेछ।
स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले भने, ‘हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भइरहेको छ। यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान पुर्याउने र क्षेत्रीय सहकार्यलाई अझ मजबुत बनाउनेछौं।’
बोर्ड सदस्यको रूपमा स्मार्ट च्वाइसले दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासमा सुझाव दिने र यस क्षेत्रभर भुक्तानी मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना बढाउने भूमिका निर्वाह गर्नेछ।