नेपालको उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सबाट यो वर्ष चार सय विद्यार्थी दीक्षित भएका छन् ।
बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तर तर्फ एमएससी डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टिलिजेन्स, स्नातक तह अन्तर्गत बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटीका विद्यार्थीहरू दीक्षित भएका हुन्।
सूचना प्रविधिको विकाससँगै बजारमा विद्यमान उच्च माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी सफ्टवेरिकाले प्रत्येक वर्ष आइटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
बेलायतको कोभेन्ट्री विश्वविद्यालयको प्रत्यक्ष सम्बन्धन रहेको सफ्टवेरिकाबाट स्नातक र स्नातकोत्तरमा अत्याधुनिक प्रविधि सहित इथिकल ह्याकिङ र डाटा साइन्समा विद्यार्थीहरूले विशेष दखल प्राप्त गरेका छन्।
अध्ययनका क्रममा इन्टर्नसिप र शतप्रतिशत जब प्लेसमेन्ट सहायता पनि उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए।
दीक्षान्त समारोहमा कोभेन्ट्री विश्वविद्यालयकी एकेडेमी प्रो भाइस चान्सलर ज्यास्मिन सामरा र कलेज अफ इन्जिनियरिङ, साइन्स एण्ड इन्भाइरोमेन्टकी प्रमुख डा. रेवेका बट्लरले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे।
दीक्षान्त समारोहमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपाल लगायत विश्व बजारमा आइटी जनशक्तिको माग उच्च रहेको बताए।
दीक्षित भएका विद्यार्थीले नेपाली औद्योगिक र व्यावसायिक क्षेत्रलाई डिजिटलाईज्ड गर्न महत्त्वपूर्ण सहयोग गर्ने बताए।
नेपालको आइटी जनशक्तिले अन्तर्राष्ट्रिय आइटी कम्पनीहरूमा व्याकअपका रूपमा काम गर्न सक्ने अवसर रहेको मल्लले बताए।
सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीको सफलताको प्रमुख आधार व्यवहारिक सिकाइ रहेको र अध्ययन पुरा हुनु अगावै प्रतिष्ठित कम्पनीहरूमा रोजगारी सुरक्षित गर्न सफल भएको बताए।