ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बिएमसी) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
ब्रिटिस मोडल कलेज (बिएमसी) का विद्यार्थीहरूले ‘उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी अवार्डस् २०२५’ मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्याएका छन्।
ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते (१७ फेब्रुअरी २०२६) सोल्टी होटलमा आयोजित समारोहमा ती उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेसनल एजुकेसन (सिएआइई) द्वारा नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीहरूमध्ये ब्रिटिस मोडल कलेजका निम्न विद्यार्थीहरूले शीर्ष स्थान हासिल गरेका छन्:
खुस्बु निङ्लेकु (एज लेभल वायोलोजी)– नेपाल टपर (नेपाल प्रथम): खुस्बुले वायोलोजी विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक प्राप्त गरी स्वर्ण पदक सरहको सम्मान प्राप्त गरेकी छिन्।
प्रतिक्षा घिमिरे (एज लेभल इकोनोमिक्स)– नेपाल टपर (नेपाल प्रथम): इकोनोमिक्स विषयमा उत्कृष्ट दख्खल राख्दै प्रतिक्षाले नेपाल प्रथमको उपाधि जितेकी छिन्।
जेन्सा श्रेष्ठ (एज लेभल सोसियोलोजी)– उच्च उपलब्धि: सोसियोलोजी विषयमा जेन्साले आफ्नो असाधारण क्षमता प्रदर्शन गर्दै उच्च उपलब्धि अवार्ड प्राप्त गरेकी छिन्।
समारोहमा नेपालका ख्यातिप्राप्त शिक्षाविद्, विद्यालय सञ्चालक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कलेजले आफ्ना विद्यार्थीहरूको यो सफलतालाई उनीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र कलेजको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिएको छ।
अवार्डका बारेमा बोल्दै ब्रिटिस एजुकेशन ग्रुपका विद्यालय प्रमुख राजन राईले भने, 'हामी ब्रिटिस मोडल कलेजमा सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्छौं। तिमीहरूका उपलब्धिले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको छ। यी अवार्डहरूले तिमीहरूको निरन्तर लगाव र हाम्रो संस्थाको दूरदृष्टिलाई प्रमाणित गरेको छ। हामी आगामी दिनमा पनि भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न प्रतिबद्ध रहनेछौँ।'