एक्सपर्ट एजुकेसन एण्ड भिजाले न्युजिल्याण्डबाट आफ्नो शाखा विस्तार गरेको छ।
२३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले आफ्नो सेवा २५ औं देशमा विस्तार गरेको हो। यो एक्सपर्टको ८९ औं शाखा समेत हो।
न्युजिल्याण्डमको अकल्याण्डमा शाखा स्थापनासँगै एक्सपर्टको सेवा लिन चाहनेका लागि सहज हुने ग्लोबल डाइरेक्टर बद्री अर्यालले सेतोपाटीलाई बताए।
‘न्युजिल्याण्ड विद्यार्थीका लागि उत्कृष्ठ गन्तव्य मध्येको एउटा देश हो। नेपालीको आकर्षण पनि बढेको छ,’ उनले भने, ’गुणस्तरीय शिक्षा र त्यसपछीको स्थायी बसोबास चाहनेका लागि समेत सहज छ। हामीले त्यसका लागि सहयोगी भूमिका खेल्नेछौं।’
एक्सपर्टले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, क्यानडा र युएसएका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरूमा भर्नाका लागि परामर्श सेवा प्रदान गर्छ।
न्युजिल्याण्ड अफिस उद्घाटन कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा तथा न्युजिल्याण्डको लागि नेपालका वाणिज्य दूत दिनेश खड्काको पनि उपस्थिति थियो ।