पासाङल्हामु फाउन्डेसनले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रूपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनकी अध्यक्ष दावा फुटी शेर्पा र प्रथम उपाध्यक्ष ल्हाक्पा फुटी शेर्पाले बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संयुक्त रूपमा ३५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
विपद्का कारण प्रभावित नागरिकको राहतमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
पासाङल्हामु फाउन्डेसनले विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छ।