भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी धार्मिक आस्था, विश्वास र पर्यटकीय दृष्टिकोणले प्रख्यात बनाएको छ।
भैरवकुण्डलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा लिइन्छ। विशेषतः शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन्।
समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड समुन्द्री सतहबाट ६ हजार ५६७ मिटर उचाइमा रहेको ‘फुर्वी घ्याचु भञ्ज्याङग’को फेदीमा भैरवकुण्ड अवस्थित छ।
विशाल र मनमोहक ताल भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ।
भैरवकुण्ड तालभन्दा केही तलको क्षेत्रमा नेपालकै दोस्रो अग्लो ‘भैरवकुण्ड छहरा’ छ। यो छहरा १९८ मिटर अग्लो छ । भैरवकुण्ड ताल र भैरवकुण्ड छहराको प्राकृतिक सुन्दरताले जोकोहीलाई प्रभावित पार्न सक्छ।
यहाँ नै ‘सम्मुख जुगल हिमशृङ्खला पनि पर्दछ। उक्त हिमशृंखलाले झनै पर्यटकलाई अझै मोहित बनाउँछ।
प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा पुग्न निकै कठिनाइ भोग्नु पर्दछ तर त्यहाँ पुग्न खेपिरहेको पीडालाई त्यहाँको प्राकृतिक रसास्वादनले भुलाइदिने भएपछि भैरव कुण्डमा पुग्ने पर्यटक र धर्मावलम्बीको बाक्लो उपस्थित हुने गर्दछ।
अरनिको लोकमार्ग भोटेकोशी गापास्थित लार्चाबाट भैरवकुण्ड जानका लागि ठाडो र अप्ठ्यारो, उकालो भीरको बाटो जानुपर्छ। करिब दुई दिन पैदल यात्राका माध्यमबाट सो ताल पुग्न सकिन्छ।
बिच बाटोमा स्थानीय घर र होम–स्टेमा बास बस्न र अर्गानिक खानाको स्वाद लिन सकिन्छ।
पैदल यात्रामा शेर्पा समुदायको सांस्कृतिक रीतिरिवाज, भेषभूषा, रहनसहन लगायतका परम्परा प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।
अरनिको राजमार्गको डाक्लाङ, काक्लाङ, लिस्तिमाई अर्थात् उग्रचण्डी भगवती, छगाम, बगाम र चोकर भीर हुँदैँ भैरवकुण्ड पुग्न सकिन्छ।
तस्बिरहरूः
-ink-1776492470.jpeg)
-ink-1776492470.jpeg)
-ink-1776492470.jpeg)
-ink-1776492470.jpeg)
-ink-1776492469.jpeg)
-ink-1776492469.jpeg)
-ink-1776492469.jpeg)
-ink-1776492469.jpeg)
-ink-1776492469.jpeg)
-ink-1776492468.jpeg)
-ink-1776492468.jpeg)
-ink-1776492468.jpeg)
-ink-1776492468.jpeg)
-ink-1776492468.jpeg)
सबै तस्बिरः बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी