Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

सापटीमा कहानी

Nmb
Nmb
भीमबहादुर फडेरा

भीमबहादुर फडेरा

gibl
gibl
gibl
gibl
भीमबहादुर फडेरा।
भीमबहादुर फडेरा।
Tata box 1
Tata box 1

पञ्चायतको बेला प्रधान, बहुदलको बेला जिल्ला सभापति र गणतन्त्रको बेला माननीय रहेका कुलबिर बाजेको आज उपन्यास विमोचन हुँदैछ।

जिल्ला समन्वय समितिको सभा हल। राता-राता कुर्चीहरु, कलेजी पर्दाले छोपेर लहरैसँग पङ्तिवद्ध राखिएको। अगाडि मञ्चको रातो सोफामा रातो तुल काधमा, राता अक्षेता निधारमा झुण्ड्यार बीचैमा उपर खुट्टी हालेर बसेका कुलबिर दाहाल। यानिकी आज विमोचन हुने 'गाउँँले जीवन' नामक उपन्यासका लेखक।

बडा तामझामका साथ तालीको गड्गडाहड्का बीच बाजेले आफ्नो उपन्यास सार्वजनिक गरे। ठूलै क्रान्ति जितेर सत्तामा फर्केको जस्तो मुद्रामा, खुसी बाजेको राता-राता ओठभरी टनाटन देखिन्थ्यो। सबै औपचारिक काम कुरोको बैठन गरिसकेपछि रातो कुर्चीहरुको अघिल्लो लहरमा रातो क्यामेरा समातेर बसेका पत्रकारको पालो आयो।

सुकिला पत्रकारले मुकिलो प्रश्न बाजे तिर फलाके। 'लौ लेखक जि भन्नुहोस्, तपाईलाई यो उपन्यास लेख्ने प्ररणा कसरी मिल्यो?' रातो खैरो जुङ्गामा चोर औँलाको सुनको औँठीले छोएर ताउ लगाउँदै बोल्न सुरु गरे लेखक कुलबिर बाजेले। उनले यसरी उत्तर दिए जस्तो यही प्रश्न परीक्षामा सोधिने छ भन्ने थाहा थियो, त्यसको एउटै उपाय भनेको उत्तर लेख्ने, एकरात भरी रट्टा मार्ने।

उनले रट्टा मारेको उत्तरले सबैलाई तीन छक्क पार्ने पारामा उवाज लगाए। 'म पञ्चायतदेखि राजनीति गर्दै आएको मान्छे। यही गाउँघरको चिसो पानीले मेरो कण्ठ निर्मल हुँदै आएको। म गाउँले जीवनसँगै हुर्किएर, गाउँले जीवनसँगै चिहान कुरेको मान्छे। यो ठाँउका सबै मान्छेहरु मेरा दाइभाइ साथीसङ्गी हुन्। म मरुन्जेल यही गाउँ ठाउँकै सेवा गर्ने भएकोले यही गाउँले नै यो किताब लेख्ने प्रेरणा दियो।'

दोस्रो पङ्तिका रातो ओभर कोट लगाउने पत्रकारले पालो पाए। ‘लौ बाजे आफ्नो पुस्तक बारे केही भन्नुहोस्, यो खासमा केको बारे लेखिएको छ?’

बाजे रातो मफलरले अनुहारमा लागेको रातो अबिर हटाउदै बोले 'यसमा मैले आफूलाई एउटा किसानको रुपमा चित्रण गर्दै सुन्दर गाउँले जीवनको कथा लेखेको छु। तपाईले एउटा सुखबिर टमाटाको गाँउले जीवन कसरी सुखका साथ व्यतित भैरहेको छ भन्ने पढ्न पाउनु हुन्छ......'

Laxmi bank
Laxmi bank

यस्तै केही बोल्दै थिए लेखक बिर दाहाल यतिकैमा मैलो च्यातियोको सर्ट र चप्पल लगायको गहुगोरो एउटा युवक बडा उदास मन, उडेको अनुहार बोकेर कालो रुमाल देखाउदै सभा हलबाट बाहिर निस्कियो।

'गाँउमा कुटो कोदालो बनाउन समस्या भएपछि अगुवाहरुले निश्चित सर्तमा केही घरधुरी लोहार अर्को गाउँबाट ल्याएर वस्ती बसालेदेखिबाट उपन्यासको श्रीगणेश हुन्छ। सुखबिर टमटा त्यो गाउँको पहिलो पुस्ताको एउटा लोहार हो। गाउँलेहरुले केही बारी दिन्छन् तरकारी खानलाई। गाउँको पुछारमा जमिन दिन्छन घर बनाउनलाई, केही थान खेतहरु दिन्छन् रोपेर भात खानलाई, गाउँमा घरधुरीको भाग लगाइन्छ कसले कसको कुट्टो कोदालो बनाउने भनेर।

Ncell
Ncell

वर्षको अन्त्यमा कुटो कोदालो बनाए बापत खलोको रुपमा अन्न दिने नियम लगाइन्छ। आफ्नो भागमा परेको घरकाले भनेको समय कुट्टो कोदाली जसरी पनि बनाईदिनु पर्ने निसर्त सर्त राखिन्छ। यसरी गाउँलेहरुसँगको घुलमिलसँगै खुसीका साथ म सुखबिर टमटाको जिन्दगी चलिरहन्छ...' यस्तै यस्तै लेखेर कुलबिर दाहालको उपन्यास ‘गाउँले जीवन’ सकिन्छ।

‘कुलबिर बाजे तपाईले राम्रो गर्नु भएन यो उपन्यास लेखेर। तपाईले आफूलाई खुसिराम टमटा बनाएर लेखेको कहानी मेरो बाको हो। कस्तो नाममै पनि चतुर्याई गरेको बाजे तपाईले त। मेरा बाको नाम दुखिराम थियो त्यसलाई सुखबिर बनाएर आफै रोल निभाए जस्तो गर्नु भो एकथान शब्दहरु लेखेर?

मेरा बाले दुई छाक टार्नलाई खलो मग्न जादा-जादा भएको एकजोर जुत्ता पनि फटालेको तपाईले देख्नु भयो? तपाईको पातल खोलाको रोपाईको अघिल्लो लगातार तीन दिन दुई रात नसुति-नसुति आरनमा बसेर कोइलालाई मुखैले फुकी-फुकी कुटो कोदालो बनाएको दुखको अनुभूति तपाईलाई यो उपन्यास लेख्दा भयो कि भएन कुलबिर बाजे?

यदि भयन भने किन मेरो दुखिराम बालाई सुखबिर बनाई दिनु भयो? पैचो परिमा गरेर धान रोप्दाको आनन्द बखान गर्नै नसकिने खालको भनेर लेख्नु भएको छ। तपाईले कहिल्यै हलो त छुनु भएको छ? छुनु भएको छ भने पनि गाउँमा कसैको परिमा तिर्न हलि बन्नु भएको छ? मेरा बा गाउँमा कसको हलि बन्नु भएन होला? तपाईको हलि बन्नु त अनिवार्य जस्तै थियो।

तपाईलाई छोडिदिउ, गाउँका कोही पनि हाम्रो हलि बनेन, हाम्रा आफन्त बाहेक। रोपाईको समयमा हलि बन्दा-बन्दा ढाड दुखेर तीन महिना बा ओछ्यानमा पर्दाको दुख लेखक बाजेलाई कहाँबाट हेक्का होला? हेक्का नहुँदा नहुँदै धान रोपाईको आनन्द भनेर बखान गर्न कुन नैतिक धरातलले दियो तपाईलाई?

गाउँलेहरु बहुत मिलनसार भएकाले एउटालाई खाचो पर्दा अर्कोले सहयोग गर्ने, कसैको घरमा अन्नपात सकिदा अर्कोले सापट दिने चलनले कोही भोकै मर्नु पर्ने अवस्थाको राम कहानी फिल्मी शैलीमा उतार्नु भएको छ। उसै त गाउँमा हामीपछि ल्यएर राखिएका। जग्गा पात बक्सिसमा पाए जस्तो, अरु गाउँलेको तुलनामा एकदम थोरै जग्गापात, जसले वर्षभरीलाई त के, छ महिनालाई पनि खान नपुग्ने।

मेरा बाले खाने कुराको जोहो गर्न दिनदीनै गाउँ धाउदाको दुख तपाईको यो फिल्मी कहानीमा कहाँनेर पर्छ बाजे? हाम्रो भोकको यति हल्का विश्लेषण कसरी गर्न सक्नु हुन्छ? अन्न जोहो गर्दा तपाईका जस्ता जान्ने मान्छेले प्रयोग गर्ने तुच्छ शब्दहरुको हिसाब-किताब मेरा बासँग गर्ने तापाईको आँट छ?

यदि छैन भने यस्ता फिल्मी कहानीले तपाईको अभिष्ट बाहेक हाम्रो भोक मेट्न सक्दैनन बाजे, त्यसैले यो तमसा बन्द गरिसेला। गाउँमा आईसकेपछि वस्ती बसाली गाउँको हिस्सेदार बानएको एकदम ऐतिहासिक दलिल पेश गर्नु भएको रहेछ उपन्यासमा। पैहिलो कुरा त, हामीहरु स्वस्फूर्तले आएका थिएनौँ। तपाईहरुको आवश्यकताको पूर्ति गर्न तपाईहरुकै पहलमा ल्याईका थियौँ।

हामीलाई गाउँको पुछारमा वस्ती बसाली दिनुभयो। गाउँ ओरालो भएकोले बर्खामा गाउँभरीको पानी हाम्रै घर भएर बग्न थाल्यो। गाउँभरीको रछ्यानको बाटो हाम्रै घरहरु भए। केही नराम्रो चिज सुरुमै हाम्रै घरहरुमा आईपुग्थ्यो। जङ्गलबाट गाउँ पस्ने स्याल चरिबाघले हाम्रै चल्ला कुखुरा खाए। गाउँमा कसैको गाईगोरु बाघले मार्थ्यो भने हाम्रै गाई गोरु हुन्थे। किनकी गाउँको सबैभन्दा छेउमा हाम्रै गोठहरु हुन्थे।

यस्तो लाग्थ्यो हामी मानिस मात्र हैन, हामीले पालेका गाईगोरुहरुले समेत गाउँको पहेरेदारी गरि रहेका छन। साँच्ची बाजे, तपाईले आरनको काम गर्ने मानिसको जोखो मात्र गर्नु भएको थिएन, अघोषित रुपमा गाउँको पहेरिदारी गर्ने मानिसको पनि इन्तजाम गर्नु भएको रहेछ। यो त तपाईहरुको पूराका पूरा योजना बनाएर गरिएको ग्र्यान्ड डिजाइन पो रहेछ बाजे। यदि हैन भने हैन भन्नुहोस क्यारे?

गाउँलेहरुले पछि आएकाहरुलाई करुणा भावले मिलाएर खेतबारी दिएको कुरा एकदम मिलाएर सैद्धान्तिकरण गर्नु भएको रहेछ। कहिल्यै हामीहरुको खेतबारी कहाँ-कहाँ छ भनेर विचार गर्नु भएको छ? हामीले भिण्डी खुर्सानी खाने बारीहरु सबै बाटो छेउ छाउमा छन्। बाटोमा हिन्ने गाईगोरुले हाम्रै तरकारी खाएर आधा पेट भर्ने गर्छन्।

जसरी रोपाईको कुलो पालैपालो गरेर लगाउने कुरालाई गाउँलेहरुको उच्चतम कोटीको मिलनसारपनलाई जनाउँछ भनेर उल्लेख गर्नु भएको छ, हाम्रो खेतहरु त कुलो नै नलाग्ने ठाउँमा छन्। एक-दुई भएका खेतहरु पनि गाउँलेहरुको रोपाई नसकी हामीले रोप्नुभन्दा रोप्ने सोच्नु नै एउटा अपराध जस्तो हुन्थ्यो।

नदीको किनार नजिक हामीले खनेका खेतहरु नदीले न बगाएको कुनै वर्ष हुँदैन। पाखो बारीहरु सबै अरुको बारीहरुको पुछारमा छन्। बाँदर बंदेलहरुले नोक्सान गर्ने पनि हाम्रै पाखो बारीहरु हुन्। देख्नु भो लेखक बाजे, हाम्रो खेतबारीले समेत तपाईहरुको बालीनालीको रखवाली गर्ने गर्छन्। अझ भन्नुहुन्छ 'सुखिरामले जिन्दगी सुखले कटायो'?

तपाईले कुनै हालतमा पनि ठिक गर्नु भएन बाजे यो उपन्यास लेखेर। हाम्रो भोकको बखान त पूरै रोमान्टिक रुपमा प्रस्तुत गरिदिनु भयो। हाम्रो जीवनमाथिको, हाम्रो दुखमाथिको योभन्दा भद्दा मजाक अरु के हुन सक्छ बाजे? हाम्रो भोक र दुखको हलुका प्रदापणले हामीहरु माथि मानहानी गर्यो। तपाईहरुसँगको संगतले बत्तर बनेको हाम्रो जिन्दगी एक ठाउँमा छ तर हाम्रो जिन्दगीको कहानीलाई त कमसेकम तोडमोड नगरिदिनुहोस्। हाम्रो कहानीलाई त यथास्थितिमा उभिन दिनुहोस्।

कमसेकम हाम्रो कहानीलाई त न्याय गर्नु होस्। तपाईहरु हाम्रो कहानीलाई समेत किन छोड्नुहुन्न हँ बाजे, आखिर किन? कि जसरी पूराका पूरा योजना बनाएर वस्ती बसाल्नु भयो, यो एकथान उपन्यास लेखेर हाम्रो कहानीलाई अन्तै मोड्न त्यस्तै केही अर्को योजना बनाउदै हुनु हुन्छ?

कुलबिर दाहाल, यानिकी लेखक कुलबिर बाजे, तपाईहरु हामी बिना बाच्न सक्नु हुन्नु कुनै हालतमा पनि। तपाईहरुको घरयसी काम होस् या राजनीति, हाम्रै ढाँडमा टेकेर तपाईहरुको महल खडा भएको छ। तपाईहरुको विराट सम्राज्यको जग हामी नै हुने गरेका छौँ तर आफ्नै जगको यस्तो भद्दा मजाक तपाईहरुलाई कसरी पाच्य हुन्छ होला? अझ आफै यस्तो मजाक कसरी लेख्न सक्नु हुन्छ होला?

तपाई त पाञ्चायतदेखि राजनीति गर्दै आएको मान्छे है। तपाईले पञ्चायतमा हाम्रो पाखो बारीहरुमा कुलो बनाउने वाचा गरेर हाम्रै भोटले प्रधानपञ्च जितेको हैन? पञ्चायतको बेला समेत राजनीति गर्न तपाईलाई हामीले नै एजेन्डा दिएको होइनौँ? बहुदल आएपछि बहुदलवादी हुनु भयो। त्यो बेला हाम्रै नाम भजाएर जिविस सभापति जितेको मैले अझै भुलेको छैन।

गणतन्त्रमा निमुखा गरिबको मुक्ति तथा सम्पूर्ण भेदभावको अन्त्यसँगै विकासको मूल फुटाउछु भनेर हाम्रै अगाडि भोट देउ भनेर हात जोडेको हैन? राजनीति गर्न मुद्दा हामीले नै दिनु पर्ने। चुनावमा जित्न भोट हामीले नै दिनु पर्ने। फेरि हाम्रै कहानीको यस्तो भद्दा मजाक? अँ साँच्ची लेखक बाजे, यदि हामी हुन्थेनौँ भने तपाईको चुलो कसरी बल्थ्यो? राजनीति कसरी गर्नु हुन्थ्यो? सोच्नुहोस त एकछिन?

हुँदाहुँदा हेर्नुहोस त, तपाईलाई लेखक बनाउन हाम्रै कहानी चाहिने। हामी बिना तपाई लेखक पनि बन्न नसक्ने? हाम्रै जीवनको कहानी सापटी लगेर तपाईले साहित्यकार बन्नु पर्ने? कहानी सापटी लगेर पनि कहानीलाई न्याय नगर्ने, यो कस्तो जीवन जिउदै हुनु हुन्छ कुलबिर बाजे? यदि लेखक बन्नुनै हुन्छ भने आफ्नै कहानी लेख्नुहोस न।

पञ्चायतकालदेखि अहिलेसम्म तपाई आफ्नै जिन्दगीलाई उतार्नुहोस कागजमा, एक लाइन नबिराइकन, एक अक्षर तलमाथि नपारीकन। सक्नुहुन्छ? छ हिम्मत। अहँ! सक्नु हुन्न किनकी तपाई तपाईको अस्लियत धेरैलाई थाहा नहोस् भन्ने चाहानुहुन्छ। सबैको अगाडि असल देखिन चाहानु हुन्छ क्रान्तिकारी देखिन चाहानुहुन्छ। अनि छनोट गर्नु हुन्छ हाम्रै कहानी। अनि बङ्गाई दिनु हुन्छ हाम्रो असली धरातल। दुखै दुखले भरिएको, भोकै भोकले भरिएको, भेदभाव असमानताले चपेटिएको हाम्रो जीवन कहानीलाई तपाई लगेर पूरै राम राज्यमा उभ्याई दिनु हुन्छ।

हाम्रो वास्तविक धरातलको कहानीलाई तपाईको असली धरातल भित्र रहेको अहमताले दुरुस्तै उतार्न कहाँ दिन्छ र लेखक जि? तर सत्य के हो भने तपाईले लेखेको यही उपन्यास साँचो इतिहास सावित भईदिन्छ। आखिर मेरो बा दुखिराम र तपाईको उपन्यासको पात्र सुखिराम टमटाको वास्तविक जीवन कस्तो थियो, कस्तो छ? भुइँ तहमा आएर हेर्ने फुर्सद कसलाई छ र यहाँ?’

मैले सोधेँ 'मैले दुई वर्ष लगाएर वास्तविकतालाई टिपेर, आफ्नो गाउँ ठाउँलाई चिनाउन बहुत मिहेनतका साथ लेखेको उपन्यासलाई हदैसम्मको घृणा गर्ने मान्छे खासमा को हौ तिमी?'

उसले उत्तर दियो 'कुनै ठूलै क्रान्तिकारी विचार या विकासको बारे लेखिएको किताव होला भनेर विमोचन हुँदा सभा हल भित्र सुन्न गएको तर हाम्रै जीवनको कहानीलाई सापटी लगेर तोडमोड गरि लेखक बन्न खोजेको थाहा पाउने बित्तिकै विरोध स्वरुप कालो झण्डा देखाएर सभा हलबाट बाहिरिने तपाईको उपन्यासको पात्र सुखबिर टमटा उर्फ, वास्तविक दुखिराम टमटाको छोरा...'

उपन्यास लेखेकोमा गाली गर्दैमा म सुध्रिने वाला कहाँ थिएँ र? उसैलाई लगेर फेरि यो कथा लेखिदिएँ। लौ अब के गर्छौ?

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ११:४६
सिफारिस
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
नेपालविरूद्ध इटालीले जित्यो टस,  नेपाली टोलीमा एक परिवर्तन
नेपालविरूद्ध इटालीले जित्यो टस, नेपाली टोलीमा एक परिवर्तन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ढुंगा जस्ता मान्छेहरू!
खै के हो आजकल त!
यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP