Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अधुरो शतक

Nmb
Nmb
रमेश तिमिल्सिना

रमेश तिमिल्सिना

gibl
gibl
gibl
gibl
रमेश तिमिल्सिना।
रमेश तिमिल्सिना।
Tata box 1
Tata box 1

गाउँको रने स्कुलमा राजेश भनेर चिनिन्थ्यो। सरहरुले राजेश तिरुवा भन्थे। लामो कपाललाई टाउकोको बीचबाट दायाँबायाँ पारेर चिटिक्कसँग मिलाएको थियो, उसले।

पहाडबाट तराइ झरेपछि मैले पहिलोपल्ट त्यस्तो कपाल देखेको थिएँ। कति विद्यार्थीहरुले पछाडिको तिरुवा थर हटाएर हमाल जोड्थे। अनि भन्थे, ‘के छ राजेश हमाल?’

उ नाम सुनेर मुसुक्क हास्थ्यो। टाउको मात्र हल्लाउथ्यो र नबोली जान्थ्यो। ‘लामो कपाल छ भन्दैमा आफूलाई राजेश हमाल नै ठान्छ,’ उ गैसकेपछि एउटा बोल्यो।

‘थोपडा हेरन, थोपडा,’ अर्कोले थप्यो।

‘गरिबोका राजेश हमाल।’

‘फिल्मै खेलिहाल्यो भने राजेश हमाल त त्यस्तै हो, राजेन्द्र खड्गीको वाला रोल पाउँला कि।’

‘कहाँ विदेशबाट डिग्री पास राजेश हमाल, कहाँ ८ कक्षामा २ पल्ट फेल रने।’

Premier
Premier

स्कुल पछाडिको अग्लो ढिस्कोमा बसेर अधिकांशले यसरी नै गिल्ला गर्थे उसको। रनेलाई पिठ्यु पछाडि गरिने यस्ता खिसीसँग कुनै मतलब थिएन।

रने तिरुवालाई राजेश हमाल किन भन्छन्? मैले भेउ पाउन सकेको थिइनँ। स्कुलबाट फर्कदा गोबिन्दले भनेको थियो, ‘राजेश हमाल भनेको फिलिमको हिरो क्या।’ खत्रा हिरो। हिरो को पनि हिरो। महानायक। उसले यसरी विभिन्न उपमा दिएर राजेश हमाललाई चिनाएको थियो।

Ncell
Ncell

हरिया डाँडाकाँडा र घुमाउरो कर्णाली नदी। अग्लो थुम्कोबाट हेरुरहँ लाग्ने बिहानको सूर्योदय। उत्तरतिरका सेताम्मे हिमाल। हिउँदमा विमानस्थलको रनवे नै ढाकिने गरि पर्ने कमल बजारको हिउँ।

पहाडको यस्तै मनोरम प्रकृतिसँग रमाएर हुर्केको थिएँ म। उजाड र फुस्रो खरले छाएका वस्ती। आर्सेनिक मिसिएको ह्वास्स गन्ध आउने नलको पानी। पहिरोले उजाड हुँदै गएको चुरे। उखरमाउलो गर्मी।

हो, तराई यस्तै थियो। ठ्याक्कै, मेरो घर पर त्यो गल्लीको एउटा चोकमा छ, यहाँ के छैन सबथोक छ भन्ने भूपीको कविताको अंश जस्तै लाग्थ्यो। तर, यी सबै कुरालाई बिर्साउने एउटा अचम्मको प्रविधि थियो, तराईमा। टेलिभिजन र त्यसमा देखाइने फिल्म।

रक्षाबन्धनको दिन। स्कुल बिदा थियो। सिमसिम पानी परिरहेको थियो। सिमसिमे पानीले तराईको गर्मीलाई अलिकति भएनि शितलता थपेको थियो। गाउँको चोकमा रहेको पिपलको रुखमुनि एउटा सूचना टाँसिएको थियो। जसबाट गाउँभरीका केटाकेटीमा खुसी र उत्सुकता थपिएको थियो। चाउचाउको कार्टुनलाई च्यातेर वर्ग आकारमा राखिएको सूचना बोर्ड यस्तो थियो।

‘तपाई हाम्रै पहाडीपुरमै चल्न गइरहेको छ।

फिल्मः साथी,

हिरोः महानायक राजेश हमाल,

स्थानः माथिल्लो टोल........ को गोठ,

टिकटः रु.५।’

गोठका गाईभैसीलाई बाहिरको खेतमा सारियो। केही केटाकेटीले गोबर सोहरे। मलको गन्ध मार्न भुईमा गहुँको भुस छरियो। बाहिरबाट हेर्दा देखिन मसिना प्वाल छेक्न पुराना तन्ना राखियो। कोठा भूतघरजस्तै अध्यारो भयो। गाईभैसी बाँध्ने गोठ नै सारा गाउँका लागि फिल्म हल भयो।

गोठमा फिल्म चलाउनु बाध्यता थियो। जातीय छुवाछुतले गाउँमा जरा गाँडेको थियो। कथित उच्च जातका ब्राह्मणको घरभित्र फिल्म चलाउँदा दलितले भित्र जान नहुने। उच्च जात भनिएकाले मात्र हेरेर डिभिडीको भाडा नउठ्ने। गोठमा फिल्म चलाउँदा सबैले प्रवेश पाउन सकिने। दलितले घरभित्र जान पो नपाइने। तिनले ल्याएका पैसा असुलेर खोपीका देवतालाई चढाउन कसले रोक्ने?

गाउँका सबै केटाकेटी पैसा जुटाउनतर्फ लागे। हुने घरका केटाकेटीले हाँसीखुसी पैसा पाए। कतिले रोएर घरबाट पैसा धुते। कतिले चाहि रोएको नाटक गरेर पैसा झारे। सबै केटाकेटीको हातमा चौरीको चित्र भएको रु.५ को रातो नोट थियो। मेरा सबै प्रयास असफल भए। मेरो हाफपाइन्टको खल्ति भने रित्तो थियो।

पैसा हुनेहरु फिल्म हेर्न पैसा तिर्दै भित्र जान थाले। एकछिनपछि रु.२० को नोट थमाएर ४ जना जान हुलमा भित्र जान थाले। म खुसुक्क उनीहरुको बीचमा घुसेर भित्र पसेँ। गोठको ढोकैमा बसेको पहलमानले हुत्ताएर मलाई बाहिर धकेल्यो। अलिकति हिलोमा पछारिएँ। घुडाको छाला अलिकति ददारियो। पिलपिल आँखाबाट आँसु झरे। कुइनोतिरको टिसर्टले आँसु पुछेँ।

कमलबजारको हिउँ खेल्न धनीले मात्र पाउने भन्ने थिएन। त्यो सबैका लागि थियो। तर तराइमा देखाइने फिल्म कमलबजारको हिउँजस्तै थिएन। प्रकृति र प्रविधिबीचको भिन्नता भनेकै यहि होला। गाउँमा प्रविधि मात्र भित्रिएको थिएन। त्यो सँगै वर्ग विभेद पनि भित्रिएको थियो।

कृष्णजन्माष्टमीको दिन। गाउँमा फेरि अर्को फिल्म चल्ने भयो। त्यस दिन जसोतसो टिकट काट्ने पैसा जुटाएर जीवनमा पहिलोपल्ट फिल्म हेरेँ। आबुइ! हामीजस्तै मान्छे त्यो बाकसमा आउने रैछन्। मैले मनमनै सोचेँ। फिल्म हेरिसकेपछि फेरि सोचेँ।

एकैछिनमा जंगलबाट मान्छे कसरी गाउँ आइपुग्छ? लगत्तै बजार अनि विद्यालय।

सुरुमा पाइन्ट लगाएर नाचेकी हिरोनीले सारी कतिखेर लगाउँछे होला? हिरोले नाँच्दा नाँच्दै टिसर्ट कतिखेर फुकाल्छ होला? फिल्म हेरिसकेपछि मैले यस्तै सोचेर घरतिर लागे।

गाउँमा चाडपर्वमा टिकट काटेर फिल्म चलाइन्थ्यो। तर राजेश हमालको फिल्म नभई नहुने। उनको फिल्म नचलाए डिभिडीको भाडा पनि नउठ्ने। फिल्म चलाउने साहुलाई उनको फिल्म चलाउन करै पर्थ्यो।

विस्तारै गाउँमा फिल्म सोखको विषय बन्न थाल्यो। मानिसहरु आफ्नो सम्पन्नता देखाउन डिभिडी भाडामा ल्याएर निःशुल्क फिल्म देखाउन थाले। एउटा टोलमा फिल्म लाग्ने भएपछि भुसको आगोजस्तै प्रकाशको गतिभन्दा तीव्र रुपमा भित्रभित्रै अरु टोलहरुमा खबर फैलिन्थ्यो।

टोलमा जसले खबर पायो, उसले कटुवालेको काम गर्ने अघोषित सम्झौता थियो। उसले सारा टोलका केटाहरुलाई सांकेतिक भाषमा अड्की अड्की भन्नुपर्थ्यो।

अल्लारे,

भट्टा,

९,

झरनको पूल।

हामीले मिलाएर बुझ्थ्यौँ। अल्लारे फिल्म भट्टा टोलमा चल्दै छ। ९ बजे सबै झरनको पूलमा आइराख्नु। त्यसपछि त साँझ हतार-हतार खाना खायो। घर पछाडिको नलमा थाल धुन गयो। अनि हावाको गतिसँगै दुगुर्यो। म राजेश हमालको मात्र फिल्म हेर्थेँ। हिन्दी भन्यो कि नाक खुम्चाउँथे।

अंग्रेजी फिल्म देहातको त्यस्तो वस्तीमा पुग्ने ल्याकत राख्थेन। अंग्रेजी किताब र मास्टर नपुग्ने गाउँमा अंग्रेजी फिल्म त्यस्तो वस्तीमा पुगेर आफ्नो अभिमान घटाउने कुरा भएन।

तर हिन्दी फिल्म भने जताततै चल्थे। म नहेर्ने। त्यसको एउटा कारण थियो। म भित्र जाग्ने राष्ट्रवाद। त्यो राष्ट्रवाद जाग्ने श्रोत विद्यालयमा राति-राति टाँसिने पोष्टर हुन्थे। जसमा लेखिएको हुन्थ्यो, भारतीय विस्तारवाद...

मेरा लागि त राजेश हमाल नै सबथोक थिए। उनको फिल्म भए मलाई पुग्थ्यो। पर्दामा राजेश हमालको डायलगमा सबैले ताली पिट्थे। पछाडि बस्ने केटाहरुले सिठ्ठी बजाउँथे।

सिठ्ठी बजाएको सुनेसी महिलाहरु कराउँथे, ‘कइका छाउरा हुन यी फेरि।’

जब राजेश हमालले दुःख र पिटाइ खाएको दृश्य आउँथ्यो। म वरिपरिका मानिसहरुको अनुहार हेर्थेँ। सबैका आँखाबाट टिलपिल-टिलपिल आँसु खसिरहेको हुन्थ्यो। कति महिलाहरुले धोति र म्याक्सीको फेरले विस्तारै आँसु पुछ्थे। फेरि राजेश हमाल एकाएक उठेर सबै गुन्डालाई भकुर्थे। अनि फेरि हामी खुसीले गद्गद् हुन्थ्यौँ। अघिका आँसुहरु वैसाख जेठको गर्मीले सुकिसकेका हुन्थे।

मनमनै सोच्थेँ, खास मेरो नाम पनि राजेश भए। हुन त नाममा के छ र भन्ने थाहा नभएको होइन। हाम्रो गाउँको सुखराम चौधरीले जीवनमा अनेक हण्डर र दुःख कष्ट व्यहोरेको थियो। तर पनि खै किन हो,मलाई त छुट्टै लोकबाट आए झैँ लाग्ने राजेश हमालकै नामसँग प्यार थियो। उनले खेल्ने भूमिकासँग पनि।

पैसा हुनेहरु गाउँको सादा टिभिमा मात्रै फिल्म हेरेर चित्त बुझाउथेनन्। नजिकका टीकापुर र लम्कीको हलमा गएर ठूलो पर्दामा रंगिन चलचित्र हेर्थे। साँझपख रंगिन पर्दामा फिल्म हेर्नुको मजाका गफ जोत्थे। हलमा गएर फिल्म नहेर्नेहरु अलिकति इर्ष्या र अलिकति चाख मानेर कुरा सुन्थे।

गाउँमा हामी केटाकेटीबीच एउटा प्रतिस्पर्धा थियो। कसले अगाडि राजेश हमालका १०० वटा फिल्म हेर्न सक्छ भन्ने। हाम्रै टोलको ऋषि प्रतिस्पर्धामा सबैभन्दा अगाडि थियो। म पनि टप फाइभ मै थिए।

कक्षा बढ्यो। उमेर बढ्यो। मैले हेर्ने फिल्मको संख्या पनि बढ्यो। तर परीक्षामा आउने नम्बर। नम्बर भने क्रमशः घट्दै गयो। फिल्मको संख्या र परीक्षामा आउने नम्बर ठ्याक्कै चाप र क्षेत्रफलको सम्बन्धजस्तो भयो। फिल्म संख्या बढेर १०० को नजिक पुग्दा परीक्षामा आउने नम्बर चाहि ३२ को आसपास पुग्न थाल्यो।

१० कक्षा पुगियो। फलामे ढोका भन्दै सबै साथीहरु गम्भीर हुन थाले। एसएलसी वालाहरुले शून्य फिल्म वर्ष भनेर घोषण गरेका थिए। अरुमा नभए नि गणितमा १०० नम्बर नै ल्याउन सकिन्छ। स्कुलमा यस्तै हल्ला चलेको थियो। गणित पढाउने सरहरुले १०० नम्बर ल्याउन सक्ने विद्यार्थीको लिष्ट बनाएका थिए। बरु उनीहरुको स्कुलमा प्रतिस्पर्धा थियो।

कसले गणितमा पूर्णांक तोड्ने? रातभरी फिल्म हेरेर बिहानको पहिलो घण्टी ढुस पार्ने म सरहरु लिष्टमा पर्ने कुरै थिएन। बरु माथिल्लो टोल, भट्टा र बुकुरातिर चल्ने फिल्म हेर्ने नियमित तालिका जस्तो भएको थियो। यस्तो दैनिकीबाट आमा चिन्तित हुनुहुन्थ्यो।

जेठको महिना थियो। घरमा खाना पाक्न अलिक अबेला भएको थियो। चौधरी टोलमा राजेश हमालको फिल्म चल्ने खबर आइसकेको थियो। हाम्रो टोलका सबै साथीहरु फिल्म हेर्न दगुरिसकेका थिए। म खाना पाक्ने प्रतिक्षामा थिए। उता फिलिम चलिसक्यो होला। मेरो मनमा फिल्मका दृश्य फनफनी घुम्न थाले। राजेश हमालको पर्दामा अवागमन सम्झन थालेँ। अरु हिरोको फिल्म भए नि छोड्न हुन्थ्यो। राजेश हमालकै फिल्म जो पर्यो। भोकै फिलिम हेर्न गए।

राति ११ बजे फिल्म सकेर घर फर्केँ। टोल सुनसान थियो। टोलका सबै साथीहरु विस्तारै ढोका उघार्दै घरभित्र पसे। म भने भोकले रन्थिनिएको थिएँ। अँध्यारोमा भूई छामछुम पार्दै भान्सा छिरे। रोटी र तरकारी निकाले। अध्यारोमै खाँदै थिए। अचानक कोठामा टुकीको उज्यालो देखियो। आमा रैछिन्।

एकछिनसम्म रोउला-रोउला झै गरि म तिर हेरिरहिन्। केही बोलिनन्। आमाको मौनताले नै धेरै कुरा बोलिरहेको थियो। आँखाबाट आँसु खसे। अरुबेला पनि आँसू तप्किन्थे। तिनको कारण अरु नै हुन्थे। तर आज खसेको आँसुको कारण मै थिए। फिलिम हेर्दा हेर्दै खसेका आँसु जस्ता यी आँसु बिलाएनन्। अलिक बेरसम्म तप्किरहे। हिउँदमासको शितजस्तै गरि। मैले आधी रोटीभन्दा बढी निल्न सकिनँ। बाँकी रोटी त्यहिँ छोडेर केही नबोली माथि उक्ले।

रातको १२ बज्नै लागेको थियो। सारा पहाडीपुर सुनसान भैसकेको थियो। सबै मस्त निन्द्रामा थिए। मैले खाटमुनि राखेको टुकी र सलाई झिकेँ। त्यसकै छेउमा एउटा कापी पनि थियो। जसमा मैले राजेश हमालका त्यतिन्जेल हेरेका प्रत्येक फिलिमको नाम टिपोट गरेको थिए। कापीको सबैभन्दा माथि लेखिएको थियो। लक्ष्यः २०६४ साल भरिमा राजेश हमालका १०० वटा फिल्म हेर्ने।

तलपट्टी मैले फिल्मको संख्या हेरे। ८७ वटा पुगेको रैछ। म शतकको नजिकै पुगेको थिएँ। एकमनले भन्यो, ‘थोरै छ। सके यही वर्षातमै नभए दशैंसम्म कसो नसकिएला?’ फेरि अलि अगाडिको भान्साको दृश्य सम्झेँ। अनि कापीको अर्को पन्नामा एउटा अर्को लक्ष्य थपेँ, गणितमा १०० नम्बर ल्याउने।

त्यस दिनबाट फिल्म छुट्यो। सँगसँगै साथीहरु पनि छुटे। एसएलसीको परीक्षा सकियो। म गाउँ छोडेर राजधानी छिरेँ। सँगसँगै जंगल छिरेकाहरु पनि सिंहदरबार र बालुवाटार छिरे। हामी दुवैले त्यतिन्जेल जोगाएर राखेको एउटै एजेण्डा थियो। राष्ट्रवाद। मैले राष्ट्रवादबाट ओतप्रेत भएर हिन्दी फिल्म हेरिनँ। रहर गरिनँ।

राजधानीमा नेपाली फिल्मभन्दा हिन्दी र अंग्रेजी फिल्मको बढ्ता बजार थियो। ब्रिजकोर्षको कक्षामा साथीहरु नेपालीभन्दा बढ्ता हिन्दी फिल्मको चर्चा गर्थे। म भन्थेँ, नेपाली भएर नेपाली फिल्म नहेर्ने। हिन्दी र अंग्रेजी त अरुको भाषा हो।

एकजना साथीले म तिर हेर्दै बोल्यो, ‘भाषा, संस्कृति, कला साहित्य, संगीतजस्ता चिजको कुनै भौगोलिक सीमा हुँदैन। त्यो पनि कहि आफ्नो र अरुको भन्ने हुन्छ?’ उसको प्रतिप्रश्नले म नाजावाफ बने। मेरो त्यतिन्जेल बनेको धारणलाई एउटै वाक्यले तहसनहस पारिदियो उसले।

विस्तारै राजेश हमालले फिल्म खेल्न छोडे। मैले पनि नेपाली फिल्म हेर्न छोडेँ। १०० फिल्म हेर्ने लक्ष्य बेवारिस भयो। पढाइ र करियरका बीच मैले त्यो लक्ष्यलाई महत्व दिनु जरुरी ठानिनँ। एसएलसीको नतिजा आयो। मेरो गणित विषयमा शतक नम्बर ल्याउने लक्ष्य पूरा भएन। एउटा बाउन्ड्रीको अभावमा म शतकको नजिक पुग्नै लाग्दा अलआउट भएँ।

वर्षौपछि राजेश हमाल महानायक हुन् कि हैनन् भन्ने बहसले पूरै सामाजिक संजाल रंगियो। मैले दशक अगाडिको त्यो लक्ष्य सम्झेँ। युट्यूबमै भएपनि राजेश हमालका बाँकी फिल्म खोजेर हेरेँ। १०० वटा फिल्म हेरेर दशक अघि लिएको लक्ष्य पूरा गरेँ। तर गणितमा शतक नम्बर ल्याउने लक्ष्य पूरा गरेर आमालाई सुनाउने रहर भने अधुरै रहृयो।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १२:१३
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

डोजोभित्रको अन्तिम घण्टी!
खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP