Ncell
Setopati
x
Skoda
Setopati
x
Skoda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

रित्तो मन

Nmb
Nmb
जीतबहादुर कटुवाल

जीतबहादुर कटुवाल

gibl
gibl
gibl
gibl
जीतबहादुर कटुवाल।
जीतबहादुर कटुवाल।
Tata box 1
Tata box 1

खरले छाएको पुरानो छाप्रोमा अटी-नअटी कोचिएर उभिएका छौँ। वातावरण उकुसमुकुस छ। बस्न मिल्ने ठाउँ छैन। पिसाब फेर्दा अर्काको जीउमा पर्छ। गोब्य्राउँदा अर्काको जीउमा खस्छ। पिसाब र गोबरले भुइँ लतपत छ। खोक्रो पेट अनि प्यासले तड्पिएको हाम्रो अवस्था निकै कारुणिक छ।

थकान र भयले पनि उत्तिकै गाँजेको छ। कोही बोल्ने र मनका कुरा साटासाट गर्न सक्ने अवस्थामा छैनौँ। हामी अभागी पशु आफ्नो काल पर्खेर बसेका छौँ। क्लान्त शरीर आफेँलाई घाँडोजस्तै भएको थियो। आत्मसमर्पण गरेका युद्ध बन्दीझैँ सबै हतास, सबै निरास।

बाटोमा भेट भएर दुखसुखका कहानी साटासाट गर्ने बृद्ध कथुरे गोरुलाई भर्खरै घिसारेर लगे। मलाई संसारै अँध्यारो भएझैँ नरमाइलो लाग्यो। उनले फर्कीफर्की मलाई हेरेर बिदाइका दुई थोपा आँसु खसालेको हेर्न सकिनँ। मेरो आँत सुकेर आयो, गला अवरुद्ध भो, रिँगटा लागेजस्तो भयो।

छाप्रोमा केही पशु घटेकाले अलिक खुकुलो भएछ,घुत्रुक्क बसेँ। वृद्ध शरीर त्यसमा पनि थकानले गर्दा उभिनै नसक्ने अवस्थामा पुगेकी छु म। अनि जिन्दगीकै यो अन्तिम मोडमा मेरा मनमा विगतका सम्पूर्ण इतिवृत्त एकाएक ताजा भएर आए।

बुढ्यौलीले गाँजेजस्तो लाग्ने अग्ला अग्ला सालका रुखमुनिको हरियो चौरको पूर्वपट्टि चार खु्ट्टा टेकेर निकै बेरदेखि उभिएकी छु। खुत्रुक्क बसेर एकछिन सुस्ताउने मन थियो। गलेर उभिनै नसक्ने अवस्थामा पुगेकी थिएँ। यसो वरिपरि हेरेँ, मसँगैका दश/बाह्र वटा गाई, गोरु पनि मेरैजस्ता अनिदा आँखा र झोल घोप्टिएकाजस्ता अँध्यारो मुहार लगाएर कताकता हेरिरहेका थिए।

कसैका आङमा खुसीको घाम लागेको थिएन। कोही कसैसँग बोल्न सक्ने हैसियतमा थिएनन्। केबल एकले अर्काको अनुहार हेरेर मनका भावको आँकलन गरिरहेका थिए।

मेरो छेवैमा उभिएको छ मासाको रागे गोरु खुरमाथि छाला उप्किएर बनेको घाउमा बसेका झिँगा पुच्छरले धपाउँदै थियो। पर्तिर उभिएको कालो गोरु केही न केही सोचेर भावुक बनेजस्तो थियो। मेरै छेउमा उभिएकी कैली गाई आँखाभरि आँसु टल्पलाएर मौनसँग करुण व्यथा पोख्दै थिई।

Laxmi bank
Laxmi bank

अलिक पर्तिर उभिएको हाम्रो समूहको सबैभन्दा कान्छो बहर जिङ्ग्रिङ परेर टोलाइरहेको थियो। उसलाई पर्तिरको कथुरेले फुँ गरेर हच्कायो। मलाई उसको व्यवहार एकरत्ति मन परेन। भोक प्यासले संताएको बेला अनि थकानले गाँजेको बेला पनि उसलाई आफ्नो हान्ने बानीप्रति गर्व थियो।

बहर लुरुक्क परेर मेरो छेउ आयो। मलाई उप्रति कम्ति करुणा जागेन। मलाई मेरा सन्तानको याद आयो। त्यस्ता उमेरका मेरा कति बच्चाबच्ची थिए। अहिले कहाँकहाँ पुगे होलान्। त्यो लुरे दुध कटुवा बहरको आँखामा मेरै आफ्नो सन्तानको प्रतिबिम्ब देखेँ। मुखैले पनि चाटेर सुम्सुम्याउन मन लाग्यो।

Ncell
Ncell

मैले उतिर मायालु पाराले मुन्टो लम्काएँ। उ डरले मसँग हच्कियो। मलाई नरमाइलो लागेर आयो। उसले मलाई पनि उही छुच्चो कथुरेझैँ ठान्यो। मैले आँखाको भाखाले उसप्रति सहानुभूति प्रकट गरेँ। बल्ल उ मसँग आश्वस्त बन्यो।

मैले आकाशतिर हेरेँ। घुर्मैलो आकाशमा घाम टाउकामाथिबाट दुई/तीन पाइला पश्चिम पुगेका थिए। मैले यसो सालको रुखमाथि नजर लगाएँ। तल्याङ्तुर्लुङ झुण्डिएका देखेँ। मजस्तै बुढ्यौलीले गाँजेका सालका रुखमा हाँगै ढाक्ने गरी पातसरि चमेरा देख्दा अचम्म लाग्यो।

हामी सबैका पेट खोक्रिएर सारङ्गी बनेका थिए। कसैका मुखमा हिजोदेखि घाँस पराल परेको थिएन। मैले पनि बेलुका अलिकति पराल खाएबाहेक मेरो पेटमा खाली थियो। बिहान बाटोमा खोल्सो तर्ने क्रममा खाएको पानीले पनि छोडिसकेको थियो। तर पनि भोक तिर्खाभन्दा ज्यादा थकानले गाँजेको थियो। मलाई लम्पसार परेर झपक्क एक निद्रा पुर्याउन पाए हुन्थ्यो जस्तो लागिरहेको थियो।

अघि एउटा बुढो गोरु आराम गर्न बस्न खोज्दा एक लौरो खाएथ्यो। मैले त्यहीँ देखेर बस्ने आँट गर्न सकिनँ। हिजो राति ढिलो हिँडेको निहुँमा एक लौरो खाएकी थिएँ। अहिले पनि दाहिने पातामा दुखिरहेको छ। बाटाभरि कतिले कुटाइ खाए कतिले। बाँसको भाटाले बुढो करङमा बज्रिदा कति सारो दुख्दो रहेछ। मलाई साह्रै नरमाइलो लाग्यो। कस्तो निर्दयी मान्छे! मलाई उसको अनुहार हेर्न पनि मन लागिरहेको छैन।

भोटोमात्र लगाएको कालोकालो त्यो मान्छेको मन पनि उसले लगाएका लुगाझैँ मैलो रहेछ। अलिकति पनि दया नभएको। मान्छे भएर पनि मानवता भन्ने चिज शून्य भएजस्तो।

केही बेरपछि त्यही मान्छेले एक अँगालोजति पराल ल्याएर हाम्रो बीचमा राखिदियो। ती अभागी गाईवस्तुहरू हारालुछ गरेर मुखले पराल तान्न थाले। म भने हतारिइनँ। अल्छी मानेर विस्तारै एक बुजो पराल मुखमा हालेँ। अररो न अररो रहेछ। जति चपायो उति मुख पाछ्ने। त्यसमा पनि बुढेसकालले गर्दा दाँतले पनि राम्ररी भर नगर्ने। चपाउन सकिनँ। आँखा चिम्लेर एक बुजो निलेँ। त्यसपछि खान मन लागेन।

त्यहीबेला अर्को मान्छेले पनि पाँच/छ वटा गाईवस्तु हाम्रै छेउमा ल्यायो र किलो बाँधेर राख्यो। मेरो छेउमा एउटा बुढो गोरु उभियो। उसका आँखा अलिक चम्किला थिए। फाँफाँ फुँफुँ गर्ने खालको जस्तो थियो। मलाई अलिक डर लाग्यो, हान्छ कि भनेर। पशुहरु प्रायः तामसी हुन्छन्। अरु निर्धालाई हत्तपत्त देखिसहँदैनन्। तर त्यो रागे गोरु मैले सोचेजस्तो जण्ड रहेनछ।

खै, स्वभाव भन्ने कुरा अनुहार हेरेर थाहा पाइने रहेनछ। उसले त मप्रति सहानुभूतिको नजर लगायो। उसले मेरो कानै छेउमा आएर परिचित झैँ फुस्फुसायो'बहिनी,किन पराल नखाएको?'

म छक्क परेँ। बुढ्यौलीले खाएको उसको अनुहार टीठ लाग्दो थियो। दाहिने कान फेदैमा छिन्न आँटेको जस्तो थियो। सायद प्लास्टिकको डोरीले कानमा बेरेर होला। रौँ पनि खुइलिएजस्तो थियो। आँखामा सर्दीले कचेरा लागेको पेटमाथिका करङ प्रष्टैसँग गन्न सकिने खालको थियो। मैले उसको यहीँ शारीरिक बनोटको पर्यवेक्षण गरेँ। मैले उसलाई ठम्याउनै सकिनँ।

उनको बहिर्मुखी स्वभाव मलाई मन पर्यो। निकै समयपछि पहिलो पटक कसैको आत्मीय आवाज सुन्ने अवसर पाएकी थिएँ। यो उराठिलो ठाउँ र निरासलाग्दो परिस्थितिमा पनि एउटा सहृदयी भेटेकामा मेरो मनमा शीतल गुलाफ जल छचल्कियो।

मैले भनेँ,'मुखमा हाल्न सकिने नै छैन। अनि कसरी खानु? तिर्खाले मुख च्यापच्याप भएको बेला यो अररो पराल निल्नै सकिँन।' उनले मेरो कुरा बुझे। अनि फेरि संवादलाई तन्काउँदै भने,'के गर्नु!, मेरा त चपाउने दाँत एउटै छैन। गिजाले मात्र मक्मक्याउन सक्दैन। नत्र रबर भए नि खान्थेँ। भोक लागेको बेला ढुङ्गा खाउँ कि माटो खाउँ भएको छ।’

बुढो गोरुले दुखेसो पोखे। उनको बोलीमा विरक्ती थियो। उनले शुष्क आँखा चारैतिर घुमाउँदै पुच्छरले जीउमा बसेको झिङ्गा धपाए। उनको मनोभावमा निराशता छाएको थियो। उनको कुराले मैले आफ्नो दुख भुलेझैँ भयो।

'अनि तपाई कहाँबाट नि?’ मैले सोधेँ।

'कहाँबाट भन्नु र! हामी पशुको स्थायी घरबार कहाँ हुन्छ र? जसले किन्छ, उसैको पछि लागेर जोतिन जानुपर्छ।' सुस्केर हाल्दै उनले जवाफ दिए। उनी र म यसरी पराल नखाईनखाई गफिन थालेको देखेर छेउछाउका गाईगोरुहरु मुख बिगार्दै बेलाबेलामा हामीतिर हेर्दै थिए। हामीलाई डोह्राएर यहाँसम्म ल्याउने भोटो र कछाड मात्र लाउने कालोकालो अधवैँशे मानिस गाम्छामा भुजा पोको पारेर फाँको मार्र्दै हामीहरू भएतिर आउँदै थियो।

'उ त्यहीँ हो हाम्रो मालिक भनाउँदो।' मैले त्यो कालो मान्छेतिर थुतुनोले देखाउँदै भनेँ।

बुढो गोरुले पनि उतिर टाउको फर्काएर हेरे।

'मलाई उ देखेपछि भाउन्न भएर आउँछ। उसले मलाई बिनसित्ति बाटोमा दुई भाटो लगाएको अहिलेसम्म दुखिरहेको छ। कस्तो निर्दयी असत्ति! मेरो दोष के थियो र? आखिर भोकले खैजडी बजाएकोले बाटो छेउको बन्सो एक बुझो मुखमा हालेको थिएँ। असत्तिले देब्रे करङमा बाँसको लौरो बजायो। दुखेर तीन त्रिलोक चौध भुवन एकै पटक देखेँ। त्यसदेखि त्यो नरपिशाचको अनुहार हेर्नै मन लाग्दैन।' मैले बताएँ।

'त्यो मान्छे तिम्रो खाट्टि मालिक होइन। उ त पशु व्यापारीले दैनिक हाँजिरा दिएर तिमी हामीलाई टुङ्गोमा पुर्याउन लगाएको खेतालो हो।' बुढो गोरुले उसित परिचित भएझैँ मलाई सिकाउन पो थाले। जे भए नि उनी मभन्दा अनुभवी देखा परे।

मैले मुन्टो उठाएर उनलाई नियालेँ। मसँग गफ गर्दा उनको अघिको मुख मण्डलमा मडारिएको निरासताको कालो बादल विस्तारै फाटदै थियो। पीडाको बेला मनको बह पोख्दा मन हलुको हुन्छ भनेको हो रहेछ भन्ने कुरा मैले पनि अनुभव गरेँ। बुढो गोरुले पनि यस्तै महशुस गरेझैँ लाग्यो। कुराकानीले मेरो पनि नियास्रो मेटियो।

मैले पालैपालो अरु सबैको अँध्यारो अनुहारलाई नियालेँ। रङका हिसाबले कोही काला, कोही सेता, कोही खैरा, कोही कथुरे र कोही टाटे पाङ्ग्रे गाई,गोरु थिए। उमेरका हिसाबले प्रायः आधा उमेर काटिसकेका। कोही दशमासा, कोही छ मासा त कोही पुरानो जवान। एक/दुई वटा ख्याउटे बहर पनि थिए। तर उनीहरु उमेरभन्दा नि कुपोषणले खिनौरे देखिएका हुन्।

'थोरै सुखपछिको धेरै दुख मेरो नियति बनेको छ। मेरै जस्तो जीवन कहानी यी अभागी पशुको पनि होला? आफ्नो काल पर्खेर बसेका यिनीहरू अहिले के सोच्दै होलान्।' मैले यस्तैयस्तै कुरा मनमा खेलाएँ।

'तपाईँ कहाँबाट यहाँसम्म आइपुग्नु भो? गोरु दाइ' मैले उनको कानैमा विस्तारोसँग फुस्फुसाएँ।

मेरो मधुरो आवाज सुनेर बुढो गोरुको मनस्थिति अलिकति बिग्रिएको जस्तो लाग्यो। खै, के सोच्न पुगे कुन्नि? पछिल्तिरको बायाँ खुट्टा झट्कारेर खुरको माथि बसेका झिँगा धपाए। उनले परपर हेरे। उनले हेरेतिर मैले पनि नजर दौडाएँ। अरु पनि थुप्रै पशुहरु बाँधिएका थिए।

एकछिनपछि बुढो गोरुले मतिर टाउको उठाएर भने, 'बहिनी, कहाँबाट आएको भन्नु र?'

मैले उनलाई सुनाउन कर गरेँ र अनि बुढाले आफ्नो कथा व्यथाको बेलिविस्तार यसरी लगाए।

'पहाडको कुनै कुनामा जन्मिएँ। मेरी आमाका काँखमा हुर्किएँ। मेरी आमाले मलाई सानोमा कति धेरै माया गर्थिन्। म जता उफ्रियो उतै हेर्थिन्। घरबेटीले पनि आमाको भन्दा ज्यादा माया खन्याउँथिन्। न्यानो ओछ्यान लगाइदिन्थिन्। कलिलो घाँस कोच्याइदिन्थिन्। खोले खान सिकाउँथिन्। मायालु पाराले सुम्सुम्याउँथिन्।

म मेरी आमा र मालिक्नीको ममताको सरोवरमा आनन्दले पौडी खेल्थेँ। विस्तारै ठूलो हुँदै गएँ। मेरी आमाले दुध घटाएदेखि नै मालिक्नीले पनि माया घटाउँदै लगिन्। खै किन हो, बुझ्न सकिनँ। एक दिन मेरी आमाले दुध दिन छोडिन्। त्यसको केही दिनमै मैले आमाको साथ छोड्नु पर्यो। एउटा मान्छेले मलाई किनेर मलाई लग्यो।

त्यसको भोलिपल्टदेखि नै मेरा काँधमा काठको जुवा पर्यो। सोइलोमा बाँधिएको जोतारोले मेरो गला कसियो। मलाई सानो बाँसको सिर्कनाले हिर्काउँदै बाङ्गे काठको हलो तान्ने तालिम दिन थाले। म काँध दुखेर हुरुक्कै हुन्थेँ। तर म विवश थिएँ। दायाँबायाँ गर्यो कि कुटाइ खाइहालिने। मेरा कलिला काँधमा जुवा घोटिएर एकपत्र छाला उप्कियो। जुवामा एकातिर म र अर्काेतिर मेरै उमेरको अर्को खैरो बहर हुन्थ्यो। उ मेरो साथी बनेको थियो। तर मलाई हेपेर फुँ गरेर बेलाबेला हप्काउँथ्यो।

बिहानदेखि बाह्र बजेसम्म माटोमा खाडिएको हलो तान्दा मेरो मुटु दुख्थ्यो। काँध पिल्सिएर घाउ हुन्थ्यो। टन्टलापुर घाममा पनि भोकतिर्खा नभनी हलो तान्दा मुटुको भेटनो चुडिन्थ्यो। बर्खा त झन भनी साध्य थिएन। झरी बादल भन्न नपाइने। खुट्टा हिलो र पानीले खाएर पक्पकी छाला उप्किएका हुन्थे। तैपनि धर पाइन्नथ्यो। छिटो हिँडेन भनेर कति कुट्दथे कति!

महिनामा दुई पटक भने बिदा हुन्थ्थो। मान्छे त्यस दिनलाई औँशी पूर्णे भन्दा रहेछन्। गोरुको जुनी कष्टको जुनी त्यसै भनेको होइन रहेछ। बाल्यकालमा आमाको काँखमा हुँदा जिन्दगी त्यस्तै रंगीन हुन्छ भन्ठान्थेँ। तर ठूलो भएपछि त श्यामश्वेत पनि होइन, पूरो ध्वाँसोजस्तो कालो हुँदो रहेछ।

क्रमश दिन बित्दै गए। शरीरका पूर्जा कमजोर हुँदै गए। दाँत पनि काटिन थाले। ताकत आउन छोड्यो। ढिलो हिँडेको निहुँमा कुटाइ खानु पर्थ्यो। कहिलेकाही जीउ छोडेर बसिदिउँ जस्तो पनि लाग्थ्यो। तर अरुलाई सास्ती दिएको देखेर आँट आउँदैनथ्यो।

हलो तान्दातान्दै शरीर जीर्ण बन्यो। विस्तारै दाँत झरे। पराल टोकिन छोडे। हलो तान्न सक्न छोडेँ। जब म बिल्कुल काम नलाग्ने भएँ। अझ उनीहरुका लागि बोझ हुन थालेँ अनि मालिकले मलाई बेचिदिए। त्यसपछि यो खेतालाको अघि लागेर भोक र प्यासले ग्रस्त बन्दै यहाँ आइपुगियो। हिजो दिनभरि र रातभरी हिँडेकोले निद्रा अनि थकानले समेत हुरुक्क भएको छु।'

गोरु निकैबेर फुस्फुसाइ रहे। मलाई भने ढाड दुखिरहेको थियो। बेलाबेला अँअँ भन्थेँ। अपरिचित भएर पनि गोरु दाइ मेरा पुराना चिर परिचित आफन्तजस्तै आत्मीय बनेका थिए। उनको सरल सहज बोली व्यवहारले मलाई प्रभावित तुल्याएको थियो। मैले उनको पीडा र व्यथामा सहानुभूति प्रकट गर्न पुलुक्क उनको मुहारतिर मुन्टो फर्काएँ।

उनका आँखाबाट आसुँ चुहुलाझैँ भो। अघिसम्मका धैर्यवानजस्ता लाग्ने उनी केके सम्झेर रुन पो लागे। वरपरका गाईगोरु भने हाम्रो हेलमेल देखेर अनौठो मान्न लागे। मैले उनलाई सम्झाएँ। तैपनि उनी सम्हालिन सकेनन्। अब मलाई साँच्चिकै नरमाइलो लाग्यो। उनलाई सान्वना दिनै पर्ने भो। मैले पनि उनलाई आफ्नो कथा सुनाउने विचार गरेँ।

त्यतिकैमा हामीलाई धपाउने खेताला एक हातले लुङ्गी सम्हाल्दै हामीनेर आयो। उसको हेराइ निकै कु्रर खालको थियो। अमुक पशुको जात केही खान पाइएलाकी भन्ने आशाले धेरैजसोले उतिर नजर लगाए। मलाई भने बिल्कुल आश थिएन। सूर्यको शक्ति कमजोर हुँदै पश्चिमतिर ढल्किँदो थियो।

अलिक पर्तिर मानिसको रनघन थियो। हाट आउने र फिर्ने मान्छेको हुल गनिनसक्नु थियो। कोही फेटा बाँधेका, कोही टोपी लाएका, कोही धोती लपेटका, कोही कमिजमा ठाँटिएका, कोही दौराका फेरमा बेरिएका। पशु व्यापारीको चहलपहल पनि हेर्न लायक थियो।

केहीबेरमा उसले किलामा बाँधिएका हाम्रा दाम्ला खोल्यो। हामीलाई पुच्छर निमोठदै र सिर्कनाले पिँडुलामा दन्काउँदै हिँडने इशारा गर्यो। दुवै बथानका हामी गाईगोरु एकै ठाउँमा मिसिएर बाटो लाग्यौँ। हामीलाई धपाउने दुईजनाबाट तीन जना भए। हिँडाइको थकान त मेटियो। तर प्यास र भोक भने झन बढदो थियो। मलाई हिँडने जाँगर पटक्कै थिएन। अरुको हालत पनि उस्तै थियो।

तर निर्दयी खेतालाको हातको कटबाँसको लौरोले डँडेल्नामा मादल बजेपछि नहिँडेर पनि धर थिएन। कि त मर्न लम्पसार पर्नुपर्थ्यो कि घिस्रिनु पर्थ्यो। यी अभागी पशु कहाँ लगिँदै छन्। किन लगिँदैछन्। कसैलाई थाहा थिएन।

झमक्क साँझ पर्यो। हाम्रो टोली बस्तीदेखि टाढा सुनसान ठाउँमा पुग्यो। बाटोसँगै जोडिएको खेतमा लहलह हरिया खेसरीका बोट थिए। त्यो देखेर कसैले मन थाम्न सकेनन्। हाम्रो हुल बाटो छोडेर खेतमा पस्यो। खै, के सम्झेर हो कुन्नी धपाउने खेतालाले पनि रोकेनन्। हामी तँछाडमछाड गर्दै मुखले खेसरी गुमुक्र्याउन थाल्यौँ।

हामीलाई जीवनकै सबैभन्दा ठूलो उपलब्धि हात पारेझैँ भइरहेको थियो। खोक्रो पेटमा खेसरीका कलिलो बोट पर्दा आनन्दको अनुभव भयो। आधा घण्टामा हामीले दुई वटा गरा स्वाहा पारिदियौँ। त्यसपछि खेतालाले हामीलाई लौराको इशाराले बाटोमा निकाले अनि फेरि सुरु भयो दक्षिणतर्फको अधोगतिको यात्रा।

अब त अलिकति स्फूर्ति आयो। बाँचिएलाझै भो। तैपनि एक मुठी पानी पिउन पाए हुन्थ्यो भन्ने लागि रह्यो। हामी मरुभूमिमा तडपिएका उँटझैँ थियौँ। आधाघण्टा जति पर पुगेपछि ससानो खोल्सो देखा पर्यो। सबै पशु रमाउँदै पानीमा हेलिए। मैले पनि पानीमा मुन्टो डुबाएर सक्दो पानी खाएँ। पहिले नुन र भुस्सा अलिकति कम भएमा पानी पिउँनै मन लाग्दैनथ्यो। आज यहीँ सङ्लो पानी भेटदा पनि कति मिठो लाग्यो।

खाना पनि भो, पानी पनि भो। अब भने सुस्तसुस्तसँग अघि बढदै थियौँ। बेलाबेलाको कुटाइ र हिँडाइको थकानले भने यात्रा कष्टकर बनाएको थियो। अघि एकछिन छिन्नभिन्न भए पनि म फेरि हाटमा चिनजान भएको उही बुढो गोरुसँगै पुगेँ। उनले फेरि उही पुरानै कुरा खोतले। उनले आफ्नो राम कहानी बताइसकेका थिए। मैले पनि उनलाई आफ्नो कथाब्यथा कर लाग्यो अनि यसरी बताएँ।

'मेरी आामाको नाम रातुगाई थियो। मेरा बुबाको बारेमा खासै थाहा छैन। हाम्रोमा बुबाको खासै महत्व पनि हुन्न। मलाई मेरी आमाले जन्म दिएको केही दिनदेखिका सम्पूर्ण घटना याद छ। म मेरी आमाको असाध्य प्यारी थिएँ। मलाई एकछिन नदेख्दा आमा कराएर टोलै थर्काउनु हुन्थ्यो।

सर्लक्क परेको लम्स्याइलो जीउ, लामालामा कान, रातो शरीर घाँटीमा सेतो थेग्दा थिए उहाँका। उहाँको सुन्दरतामा मालिक मालिक्नी मख्ख परेको धेरै पटक देखेकी थिएँ।

मेरा छेउमा आउने जो कोहीलाई फाँफाँफुँफुँ गरेर तर्साउनु हुन्थ्यो। मलाई आमाका कल्चौडामा झोलिएका पुष्ट थुनमा धम्की हान्दै दुध चुस्ता औधी आनन्द लाग्थ्यो। म दुध चुसिरहँदा आमाले मलाई चाटेर बडो वात्साल्य खन्याउनु हुन्थ्यो। म दुध चुसिसकेर एकपल्ट बुर्कुसी मारेर आँगनको चारैतिर उफ्रिन्थेँ।

मलाई घरका केटाकेटी, युवायुवती, बुढाबूढी सबैले उत्तिकै माया गर्थे। म त्यस घरमा सबैको प्यारो थिएँ। मलाई मायाले सबैजना बुकुनी भनी बोलाउँथे। म मख्ख पर्थेँ। मलाई आजकाज ती बाल्यकालिन स्वर्णीम स्मृतिले भावुक बनाउँछ।

जतिजति म ठूली हुँदै गएँ, त्यतित्यति सबैजसोले माया कम गर्दै गरेको अनुभव गर्थेँ। मेरी आमाको जम्मै दुध घरबेटीले दुहेर लान्थे। मलाई भने दुबो र कलिलो बन्सो कोच्याउँथे। मालिकले रित्याएको आमाका थुन एकदुई थुम्कामै रित्तिन्थ्यो। अनि आमालाई पनि झर्को लाग्दो रहेछ। लात्ती हान्न खोज्नु हुन्थ्यो।'

केही समयपछि म पनि बेचिइएँ। म आमाबाट छुट्टिन चाहन्नथेँ। तर मेरो उपाय पनि त थिएन। किन्नेले जबर्जस्ती घिसार्दै लगे। सुरुसुरुमा आमाको खुबै सम्झना आउँथ्यो। म नयाँ परिवेश र नयाँ पात्रका साथमा घुलमिल हुन थालेँ। चाकर पनि राम्रो पाएँ। यति दयालु मालिक मालिक्नी भेटेकोमा म आफूलाई भाग्यमानी ठान्थेँ।

उमेर पुगेपछि म गर्भवती बनेँ। मैले पनि पेटमा नौ महिना मेरो उत्तराधिकारी बोकेँ। पीडाले छटपटाएको बेलामा सन्तानको मुख हेरेर सन्तुष्ट भएँ। आफूलाई सानामा आमाले दिएको माया सम्झँदै आफ्नी छोरीलाई माया पोख्थेँ। म मेरी आमाजस्तै थिएँ। मेरी छोरी पनि काटिकुटी मैजस्ती थिइन्। म उनको कल्कलाउँदो बालापन देखेर मख्ख पर्थेँ।

घरबेटी दिदी मलाई बिहान बेलुका खोले पकाएर खुवाउँथिन्। हरियो कल्कलाउँदो घाँस हालिदिन्थिन्। हामी पशुका लागि खानेकुरा र सुविधाजनक बसाइभन्दा अर्को कुनै अभीष्ट हुँदैन। मालिक्नीले मायालु पाराले सुम्सुम्याएर आत्मीय भाव प्रकट गर्थिन्। म मख्ख पर्थेँ।

मेरा घरबेटीहरु मेरो दुधजति सबै दुहुन्थे। अनि मेरी छोरीलाई भने खोले र घाँस कोच्याउँथे। कठैबरी! मेरी छोरी दुध खान नपाएर बाँबाँ गर्दा मेरो कलेजो छियाछिया हुन्थ्यो। आफ्नै दुधधारा आफ्ना सन्तानका लागि बगाउन नपाउनु कस्तो बिडम्बना।

साँझको तीन लिटर दुध दिने म। मेरी छोरीचाहिँ दुध खान नपाएर कुपोषणबाट ग्रस्त हुँदा मेरो मन धुरुधुरु रुन्थ्यो। दुध दिँदा र थाक्दा मप्रतिको व्यवहार फरक हुन्थ्यो। थाक्नेबित्तिकै मेरा सन्तानलाई मबाट छुट्याउँथे।

यसै गरेर म आठचोटि सुत्केरी भएँ। आठजना छोराछोरी जन्माएँ। कुनै पनि मेरा साथमा रहेनन्। जब म बुढी भएँ, दुध दिन नसक्ने भएँ, अझ भनुँ गर्भधारण गर्न नसक्ने भएँ, म उनीहरूका लागि बोझ ठहरिएँ। सकुन्जेल दुधका धारा बहाएर लगाएको गुन बैगुनीहरुले चटक्क बिर्से। नाम मात्रको पैसा लिएर मलाई दुष्टका हातमा बेचिदिए।

अहिले मसँग न बल छ,न बैँश छ। न दाँतले पराल चपाउन सक्छ, न आँखाले राम्रो भेउ पाउँछ। कान पनि राम्ररी सुन्दिनँ।,अलिकति हिँडदैमा स्याँस्याँ हुन्छ।' मैले लामो सुस्केरा हाल्दै सबै बेलिविस्तार लगाएँ।

मिर्मिरे हुँदासम्ममा हामीलाई एउटा ससानो सहरमा पुर्याइयो। सहर पनि के भन्नु, दश/बीस वटा पक्की घर र केही दोकान थिए। भत्किँदै गरेको कालो पत्रे साँघुरो सडकका दायाँबायाँ किनारमा केही बालबच्चा नाकमा सिँगान चुहाउँदै हामीलाई हेरिरहेका थिए। उनीहरूका आँखामा घोर निराशा छाएको मैले अनुभव गरेँ। विद्यालय जाने उमेरका ती धसिँगरे बच्चा हामीसँगैको मरन्च्याँसे बहर झैँ कुपोषणले ग्रस्त पारेको थियो।

हामीलाई धपाएर यहाँसम्म ल्याउने खेतालाले हामीलाई अरुकै जिम्मामा लगाए। हामी दुई समूहमा बाँडियौँ। हाम्रो यात्रा कहाँसम्मको हो कसैलाई थाहा थिएन।

बाटाभरि सँगै यात्रा गरेका थुप्रैसँग छुट्टिनु पर्यो। हिँडाइको थकान र भोकतिर्खाले हाम्रो अवस्था झन्-झन् कारुणिक थियो। भय र अनिश्चितताले चिथोरिरहेको थियो। कोही बोल्ने र मनका कुरा साटासाट गर्न सक्ने अवस्थामा थिएनौँ। थकान, भोक प्यास र भयले गाँजेको थियो।

हामी पशुहरूको जीवनभन्दा कन्तबिजोक के होला र? जन्मेदेखि मरुन्जेल अरुको सेवा गर्नुपर्ने। अलिकति दुध कम आउँदा मान्छेले गर्ने फरक व्यवहार देखेर मन अमिलो हुन्थ्यो। हाम्रो मनमा भरिएको वहको तलाउ कसले बुझिदिने र। थोरैले मात्र हाम्रो मर्मलाई बुझ्ददा रैछन्।

मैले विगतदेखि वर्तमानसम्मको सविस्तार स्मरण गरेँ। साँघुरो एकपाखे छाप्रोमा हामी कोच्चिएका थियौँ। मलाई अघिदेखि लम्पसार परेर सुत्न मन लागेको थियो। तर बस्न मिल्ने ठाउँ छैन। गोबर र पिसाबले भुइँ हिलो छ।

झिँगा र लाम्खुट्टेले टोकेर हैरान पारेको छ। हामी अभागी पशु आफ्नो काल पर्खेर बसेका छौँ। हाम्रो बल र बैंश हुन्जेल हामीबाट रस आउन्जेल सक्दो फाइदा लिने अनि हामी अशक्त भएर काम नलाग्ने भएपछि कौडीको मूल्यमै भए पनि बगरेका हातमा सुम्पिएर बोझ पन्छाउने मानिसको प्रवृत्ति उनीहरूको बाध्यता हो कि स्वार्थी मनोवृत्तिको झल्को हो, मैले ठम्याउँन सकिनँ।

यतिकैमा एउटा लुरे मानिस हामी बसेको ठाउँ नजिकै आयो। उसले मेरो दाम्लो खोल्यो। अनि अघि लाग्यो, मैले पछि फर्केर सबैलाई हेरेँ। सबैका आँखा शुष्क थिए। अनुहारको चित्रको रङ उडेको थियो। मैले रित्तो मनका साथ मौन भाषामा बिदा मागेँ। अनि उसको पछि लागेँ। उसले मलाई डोहोर्यायो। मैले मुन्टो उठाएर हेरेँ। जीउमा लुतोले खाएर सम्पूर्ण रौँ खुइलिएको कुकुर हामीलाई हेरेर र्याल काडिरहेको थियो।

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ११:१९
सिफारिस
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
नेपालविरूद्ध इटालीले जित्यो टस,  नेपाली टोलीमा एक परिवर्तन
नेपालविरूद्ध इटालीले जित्यो टस, नेपाली टोलीमा एक परिवर्तन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ढुंगा जस्ता मान्छेहरू!
खै के हो आजकल त!
यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP