Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

छोरीको बोझ

Nmb
Nmb
राजुबाबु श्रेष्ठ

राजुबाबु श्रेष्ठ

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘छोरी आमाबाबुको शिरको बोझ हो। तिमीहरूलाई बिहे गरेर नपठाएसम्म हाम्रो शिरको भारी हट्दैन।’

अक्सर हामी दिदी बहिनीलाई देखेपछि यसो भन्थिन् आमा। हामी जन्मेदेखि नै हामीलाई आफ्नो शिरको बोझ ठान्थिन् आमा।

आठ कक्षा पुगेपछि त गाउँका कुनै केटासँग बोल्यो कि यसले नाक कटाउने भै भनेर घरमा आएपछि बासको सिंकनाले हिर्काउँथिन्।

सानो भए पनि हातमा सिंकनाको राम्रै डाम बस्थ्यो। बाहिर जाने भनेको घरदेखि स्कुल र स्कुलबाट घरसम्म मात्र थियो।

योभन्दा अन्यत्र जाने अनुमति थिएन हामी दुई दिदीबहिनीलाई।

आमाले जतिजति बाहिर जान कडाइ गर्थिन् मलाई झनझन् बाहिर जाउँजाउँ लाग्थ्यो। सायद आमालाई हामी केटाहरूसँग हिँडेर घरको इज्जत फाल्छन् कि भन्ने निकै चिन्ता थियो।

सायद उमेरकै दोष होला आमा जति जति केटाहरूसँग नहिँड भन्थिन् मलाई झन् उतिउति केटाहरूसँग हिँडूँहिँडूँ लाग्थ्यो। बिना कारण आमाबाट खानु परेको बारम्बारको पिटाइले मभित्र आमाप्रतिको श्रद्धा घट्दै गइरहेको थियो।

Premier
Premier

आठ कक्षा पुगेपछि गाउँका केटाहरूले मलाई घुरेर हेर्न थालेको कुरा पहिलोपल्ट महशुस गरेको थिएँ। यसले मभित्र छुट्टै आनन्दको संचार हुन्थ्यो। म पनि केही हुँ भन्ने लाग्थ्यो। म आफैंलाई पनि आफू पहिलाभन्दा केही सुन्दर देखिएझैं लाग्थ्यो।

आफ्ना लुगाहरू कसिलो र सानो हुँदै गएको हो कि भन्ने भान हुन्थ्यो। सपनामा पनि गाउँका केटाहरू आएर जिस्कन थालेको थिए।

Ncell
Ncell

कहिलेकाहीँ त त्यो सोझो ठानेको भोला ठाकुर आएर जता पायो उतै छुन खोजेर हैरान पार्थ्यो।

भोला जो मेरो छिमेकी र सहपाठी पनि थिए। गाउँभरिमा सोझो र इमान्दार। मैले बोल्न, खेल्न पाउने केटा साथी भनेको उही एक जना थियो।

भोलाको बानी ब्यहोरा देखेरै मेरी आमाले ऊ एउटासँग खेल्ने छुट दिएकी थिइन्। भोलालाई गाउँका केटाहरूले खासै मन पराउँदैनथे।

आफ्नो उमेरका केटाहरूभन्दा निर्बल भएकोले भोला पनि केटाहरूसँग भन्दा केटीहरूसँग नै खेल्न रुचाउँथ्यो। जे जे भन्यो त्यही त्यही मान्ने हुनाले हामी केटीहरू पनि भोलालाई घरीघरी अनेक काम लगाएर सताइरहन्थ्यौं।

हामीले भनेको कुरामा भोलाले कहिल्यै नाइनास्ती गर्दैनथ्यो। केटाहरू उसलाई आईमाई जस्तो भनेर जिस्काउँथे। जसले जे भने पनि ऊ कसैसँग झगडा गर्दैनथ्यो।

घरदेखि केही पर थियो स्कुल। सधैं म, बहिनी र भाइ भोलासँगै स्कुल जान्थ्यौं। भाइ सानो भएकोले उसको झोला पनि मैले नै बोकिदिन्थें। भोला शारीरिक रूपले दुर्बल भए पनि पढाइमा अब्बल थियो। शिक्षकहरूले पनि उसलाई निकै मन पराउँथे। सँगसँगै घर भएकोले मलाई पढाइमा निकै सहयोग मिलेको थियो भोलाबाट।

कहिलेकाहीँ घरको कामले स्कुल जान नपाउँदा बेलुकी भोलाले घरमा आई नोट छाडेर जान्थ्यो। म त्यही नोट सारेर भोलिपल्ट स्कुलमा बुझाउँथें।

‘यी अर्काको घर जानेहरूले धेरै पढेर के काम ? बरु त चाहिँ राम्रोसँग पढ। नत्र बिहेपछि स्वास्नी कसरी पाल्छस्?’  भोलालाई देखेर अक्सर यसै भन्थिन् मेरी आमा। भोला हाँस्दै घरतिर भाग्थ्यो।

आमाको कुराले मलाई भित्रभित्रै जलन हुन्थ्यो। दश कक्षा पुग्दा पनि मैले मेरी आमालाई बुझ्न सकेकी थिइनँ।

नौ कक्षा पुगेदेखि नै आमाले मेरो लागि केटा हेर्न थालेकी हुन्। आमा मलाई पढाउने कुराको विरोधी थिइन्।

धेरै पढायो भने छोरीहरू बिग्रन्छन् भन्ने मानसिकताले ग्रसित थिइन् आमा। आमाले हामी छोरीहरूप्रति कहिल्यै भरोसा गरिनन्। आमाले भनेको ठाउँमा विवाह गर्दिनँभन्दा पटक पटक कोठामा थुनेर पिट्थिन् आमा।

म आमाको कुटाइले भन्दा आमाको सोचाइले चित्त दुखेर रातभर रुन्थें। मलाई आमाले कुटिरहँदा बुवा मुकदर्शक बनेर बस्नुहुन्थ्यो। उहाँमा आमाको कुरो काट्ने हिम्मत थिएन।

एकदुई पटक आमाको कुरो काट्दा आमाले घरमा महाभारत खडा गरेकी थिइन्। आमा आफूले जित्न नपाए घरमा रडाको मच्चाउँथिन्। घरको झगडा छिमेकीले चालपाउला भनेर बुवा चुप लाग्नुहुन्थ्यो।

बुवाको मौनतालाई आमा आफ्नो जित ठानेर घरमा शासन चलाउँथिन्। बुवा मनको असल हुनुहुन्थ्यो।

बुवा काठको काम गर्नुहुन्थ्यो। आमा घरमै गाउँलेका कपडा सिलाउने काम गर्थिन्।

दुई जनाको कमाइले ठीकै चलेको थियो परिवार। सम्पत्तिको नाममा त्यही एउटा घर थियो। काम गर्नका लागि स्वस्थ शरीर र जाँगर।

खानैका लागि कुनै समस्या नभए पनि घरमा शान्ति भने कहिल्यै भएन। आमा कहिले मेरो पढाइ बन्द गरेर बिहे गरिदिने कुरा त कहिले नयाँ नयाँ बहाना झिकेर बुवासँग झगडा गरिरहन्थिन्। बुवा केही बोल्नुहुन्थेन। नबोली बस्दा पनि निकैबेर करकर गरिरहन्थिन्।

दिनभर काम गरी थकित भएर घर आउँदा पनि बुवाले आमाबाट मिठो वचन पाएको कुनै सम्झना छैन मलाई। वास्तवमा म बुझ्ने भएदेखि बुवाको मुहारमा कहिल्यै हाँसो देखेकी छैन मैले।

मेरो बिहेको विषयलाई लिएर आमा र बुवाको बीच पटकपटक ठूलै झगडा परेको मैले प्रत्यक्ष देखेको छु। आमाको माइती बेतिया भएकोले उनी मलाई उतै दिन चाहन्थिन्। मलाई भने बिहे गर्ने इच्छा थिएन।

मभित्र पढेर केही गरी देखाउने धोको थियो। आमालाई छोरीले पनि आफैं गरेर खान सक्छे भनेर देखाउने मन थियो।

नौ कक्षाको पहिलो त्रैमासिक परीक्षा सकिएपश्चात आमाले बेतियामा मेरो बिहेको कुरो पक्का गरी आउनुभएछ। पढाइ धेरै नभए पनि धन सम्पत्ति राम्रै भएको केटो रहेछ। 

बेतियाबाट मामाहरूले कुरो ल्याएका अरे। आमाको कुरोमा बुवाले त्यति चासो नदेखाउनु भएकोले बेलुकी आमा बुवासँग जंगिदै हुनुहुन्थ्यो।

‘अहिलेको जमानामा तीसै हजार दहेजमा को केटा मान्छ? बेतियामा आच्छाखासा घर छ। चाहिँदो खेत खलियान छ। एउटा पढाइमात्र कमी त हो। यसले पढेर पनि के नाप्छे र। छोरीलाई जति पढायो उति बिग्रन्छे। जति पढ्दै जान्छे दहेज पनि बढ्दै जाने त हो। पछि यही छोरीले नाक कटाउँदा थाहा पाउनुहोला नि।’– आमाले बुवालाई यसो भनिरहँदा म कोठाबाट सुनिरहेको थिएँ।

आमाको कुरोले मलाई निकै डर लाग्यो। आमाको अगाडि गएर प्रतिवाद गर्ने साहस थिएन मसँग। सोही दिन राति छतमा गएर बुवासँग धेरैबेर रोएँ।

आफूलाई एसएलसीसम्म पढ्न दिनको लागि अनुनयविनय गरें। बुवा पनि मसँगै रुनुभयो।

मैले बुवालाई स्पष्टसँग भनें – ‘कि मेरो विवाह रोकिदिनोस् कि मलाई घाँटी थिचेर मारिदिनोस्। म यो बिहे कुनै हालतमा पनि गर्दिनँ।’

भोलिपल्ट साँझ यसै विषयमा घरमा महायुद्ध भयो। बुवाले यो एक वर्ष छोरीलाई पढ्न दिऊँ न त भनेर मात्र के भन्नुभएको थियो आमालाई पुगिगो।

आमा बुवा माथि नै खनिइन्। आमाले कुनै हालतमा पढाउन नसक्ने भन्दै अड्डी कसिन्।

‘छोरीको इच्छा छैन भनेपछि कसरी बिहे गरिदिने?

छोरीले एक वर्ष पढ्छु भन्दा पनि मरिहत्ते गर्नुपर्ने के छ ?

यसरी जबरजस्ती गर्दा छोरी झुन्डिन्छे अनि खालास् ठूलो भाग । यी आईमाईलाई बुद्धि पनि कसले दिने।’

 - बुवाले  पहिलोचोटि मेरो पक्ष लिएर आमासँग रिसाउनु भयो।

बुवाको कुराले झमझम् पानीमा कसैले छाता ओढाइदिए जस्तै भयो मलाई। मनभित्रको कुनामा साहस पलाएर आयो।

बुवाको कुराले आमा रिसले भुन्भुनिदै भान्सामा गइन्। भान्साबाट स्टोभ र सलाई बोकेर भाइ, बहिनी र म बसेको कोठामा पसिन्। स्टोभ र सलाई ढोका नजिकै भुईंमा राखेर आँखा ठूलो ठूलो पार्दै बोलिन् – ‘लौ तलाई बिहे गर्न भन्दा मर्न मन छ भने यहाँ स्टोभ र सलाई छ । मट्टितेल खन्याएर मर। यस्ती छोरी हुनुभन्दा त बरु छोरी मरी भनेर एकदिन रोऊँला।’

त्यस दिन किनकिन आमाको कुराले मलाई साह्रै चित्त दुख्यो।

एक महिला भएर मेरी आमाले नै मेरो कुरा बुझ्दिनन् भने अरुबाट के आशा गर्ने? आखिर मैले यति सानै उमेरमा पढ्न छोडेर त्यो अनजान र विरान ठाउँमा जानुपर्छ भने मेरो जीवनको के अर्थ?

एउटा अनपढ लोग्नेबाट मैले कस्तो जीवनको अपेक्षा गर्ने?

फेरि त्यहाँ को हुन्छ मेरो दु:खको आँसु पुछिदिने?

त्यहाँ न मसँग मेरा आफन्तहरू हुन्छन्। न मेरो गाउँ हुन्छ। न मेरो देश हुन्छ। चित्त दुख्दा गएर रूने एउटा कुनो पनि नभएको ठाउँमा म किन जाऊँ?

आफ्नो जस्तो कहिल्यै नलाग्ने त्यो उराठ धर्ती र उदास आकाश बीचमा उस्तै उकुसमुकुस जीवन जिउन म किन जाऊँ? मलाई आफ्नो भावी जीवन सम्झेर विरक्त लागेर आयो।

आफ्नै आमाप्रति घृणा उम्रेर आयो। कस्ती आमा होलिन् जो आफ्नै छोरीलाई मर्नको लागि सलाई र मट्टितेल दिन्छे।

मैले त्यो स्टोब र सलाईको बट्टालाई हेरेर पटकौ पटक सोचें। बिहे गरेर मैले आजसम्म अनुहार पनि नदेखेको अपरिचित परदेशीसँग जिन्दगी बिताउनुभन्दा यो जिन्दगीलाई यही बिसाउनु ठीक ठानें।

बिहेपछि पलपल मर्नुभन्दा एकै पटक जलेर मर्नु ठीक ठानें। मभित्र बिस्तारै बिस्तारै हिम्मत भरिएर आयो। एकै छिनमा जीवनको मोह हराएर गयो।

आमाको त्यो रुखो स्वर बारम्बार मनमा ठोकिएको ठोकियै भयो। आमाप्रति घृणा र जीवनप्रति वितृष्णा जागेर आयो। 

खाटबाट जुरूक्क उठी ढोकाको स्टोभ उचालेर बिर्को खोली शरीरमा खन्याएँ। मट्टितेल कम भएकोले कम्मरदेखि मुनिको भाग मात्र भिज्यो। भाइ बहिनी रून लागे। आँखा चिम्म गरी सलाई कोरिदिएँ।

 म बल्न लागें। भाइ बहिनी रूदै चिल्लाएको देखेर बुवा अत्तालिँदै पल्लो कोठाबाट आउनुभो। एकै स्वासमा खाटको मण्डी निकालेर ग्वाम्म मेरो शरीरलाई छोपेर सबै आगो निभाउनु भो।

नाइलनको सुरूवाल भएकोले पग्लेर मेरो साप्रामा टासिइसकेको थियो। मलाई असह्य पीडा भइरहेको थियो। तुरून्तै छिमेकी सिकन्दरको टेम्पुमा हालेर बुवाले वीरगन्ज अस्पताल लैजानुभयो।

 आगोले त्यति धेरै पोल्न नभ्याए पनि दाहिने साप्राको एक ठाउँमा भने नराम्ररी पोलेको रहेछ। ठूलै घाउ बनेछ। डाक्टरलाई त्यहाँको छाला बचाउन गाह्रो पर्यो। चार दिनसम्म अस्पतालमै बसें। चारै दिन बुवाले कुर्नु भयो। आमा एकपटक पनि आइनन्।

आगोले मेरो साप्रामा होइन मनमा पोलेको थियो। मर्न हिँडेकी म झन् अर्को घाउ लिएर जिउँदो भएँ।

सायद म मरेकी भए आमा खुसी हुन्थिन् होला। उनको शिरबाट दहेजको बोझ पनि हट्ने। जीवनभरको किचकिच पनि टर्ने। तर मलाई बाँच्नु लेखेको रहेछ।

अस्पताल बसाइँको चार दिनमा बुवालाई नजिकबाट चिनें। एक्लै हुँदा बुवा मसँग धेरै रुनुभयो।

बुवाको आँसुले मलाई मेरा सबै पीडा भुलाइदियो। भित्रभित्रै पोल्यो। मैले कहिल्यै सोचिनँ मेरो मृत्युले मलाई यति धेरै माया गर्ने मेरा बुवाको मनमा के बित्ला?

मेरा भाइ बहिनीहरूको मानसिकतामा के पर्ला? आखिर मैले त अहिले नभए पनि केही वर्षमा त घर  छोडी नै हाल्छु। मेरो बुवाले त अझै कति लामो जीवन मेरी आमासँगै बिताउनु पर्नेछ।

जीवनभर बुवाले आमाबाट कहिल्यै सम्मान र माया पाउनुभएन। तै पनि बुवाले जीवनसँग हार खानु भएको छैन। यतिधेरै सहन सक्ने बुवाकी छोरी म किन यति कमजोर।

मलाई मेरोभन्दा पनि बुवाको जीवनप्रति माया जागेर आयो। अस्पतालमै बुवाले मलाई जीवनमा जस्तै दुःख परे पनि यस्तो बाटो नरोज्ने र जीवनसँग हार नखाने बाचा लिनुभयो। मैले बुवाको शिरमा हात राखी वाचा गरें।

अस्पताल बसाइँपछि म झन् बलियो भएर घर फर्कें। मलाई कसैको डर लाग्न छाड्यो। घर आएपछि धैरै दिन आमासँग मेरो बोलचाल भएन।

मलाई पनि बोलाउन मन भएन। घाउले गर्दा पन्ध्र दिन स्कुल जान मिलेन। स्कुल नगए पनि हरेक दिन बेलुकी कपी बोकेर भोला आइपुग्थ्यो मलाई पढाउन।

म सबै आफ्नो कपीमा सारेर फिर्ता गरिदिन्थें। भोलाकै सहयोगले मैले नौ कक्षा पनि सजिलै पास गरेको थिएँ।

‘गाउँलेका अगाडि मुखमा कालो पोत्ने यस्ता अलच्छिनी त मरेकी भए पनि आनन्द हुन्थ्यो नि। यस्ताको मुख हेर्नु त पर्दैनथ्यो।’ अस्पतालबाट आएकै दिन आमाले मेरो पोलेको घाउमा मल्हम लगाउनुको साटो नुनचुक दलिदिइन्।

आमाको व्यवहारमा कुनै परिवर्तन देखिएन। ज्यानको घाउभन्दा गहिरो घाउ बन्यो मनमा। मेरी आमाले आमा भन्ने नाताकै अपमान गरिन् जस्तो लाग्यो। मुखभरि जवाफ आएको थियो तर बुवाको मुख हेरेर चुपचाप बसें।

त्यसपछिका दिनमा मलाई आमाले भनेका कुनै पनि कुराले छुन छाड्यो। मन मरे पछि केही कुराले पनि दुख्दैन रहेछ।

दिन बित्दै गयो। हरेक दिन आमाको कचकच मेरो दैनिकी बन्यो। म मौन रहेर उनको कुराको जवाफ दिनै छाडें। मौनता नै मेरो शक्ति बन्यो। मेरो मौनतालाई जित्ने शक्ति उनीसँग भएन।

आमाले त्यसपछि पनि धेरै विवाहका प्रस्ताव ल्याइन्। मैले अस्वीकार गर्दै गएँ। पछिल्ला दिनहरूमा मुखले जति गाली गरे पनि कोठामा थुनेर कुट्ने काम चाहिँ बन्द गरेकी थिइन्।

बिहे गर्न नमान्दा नौ कक्षा पुगेदेखि नै पटकपटक आमाको कुटाइ खाएको हुँदा मलाई आमाको कुटाइसँग डर लाग्न छाडिसकेको थियो।

आमाले जतिसुकै करकर गरे पनि ,धम्की दिए पनि म हिम्मत हार्ने अवस्थामा थिइनँ। मृत्युको मुखमा पुगेर फर्केकी मलाई अन्य कुरासँग डर लाग्ने कुरो पनि थिएन। मैले हारें भने बुवाको मन दुख्छ भन्ने डर भने थियो।

आमाको बारेमा मैले आजकल सोच्न छाडिसकेकी छु। आफ्नै छोरीको पीडा नबुझ्ने,छोरीको सामर्थ्यप्रति विश्वास नगर्ने, छोरीलाई एउटा बोझको रूपमा मात्रै हेर्ने आमाको सोच बदल्ने क्षमता मसँग थिएन।

मेरी आमाले छोरीले पनि कमाइ गरेर खानसक्छे भनेर कहिल्यै सोचिनन्। खराबै भए पनि छोरा नै घरको आधार ठान्ने मेरी आमाको सोच र व्यवहारले हामी दुबै दिदीबहिनी आमाबाट धेरै टाढा पुगिसकेका थियौं।

म र बहिनी जन्मिदा छोरी जन्मियो भनेर रोएकी थिइन् रे मेरी आमा। भाइ जन्मेपछि मात्र उनले आफ्नो जीवन पूर्ण भएको ठानेकी थिइन् अरे।

भाइको भन्दा हामी दुबै दिदीबहिनीको पढाइ राम्रो भए पनि आमा हामीलाई पढाउन छाडेर भाइलाई मात्र पढाउने धुनमा थिइन्।

मलाई थाहा छैन छोरीलाई दहेज दिनुपर्ने कुराले विक्षिप्त हुने र छोरालाई दहेज आउने कुराले प्रफुल्ल हुने आमाको मनमा कसले कोरिदियो होला छोरा छोरी बीचमा यति चहकिलो भूमध्यरेखा?

कहिले भत्केला आमाको मनमा छोराप्रति बनेको विश्वासको ग्रेटवाल ?

कहिले टुट्ला आमाको मनको यो सपनाको महल?

तर मधेशको परिवेश र संस्कारले आमाको मनमा बनाएको दरबार सजिलै भत्कने सम्भावना थिएन।

दिन बित्दै गयो। आमासँग मन दुख्दा मल्हम बनेर आउने भोला पनि इन्जिनियर बन्ने सपना बोकेर काठमाडौं पसिसकेको थियो।

बल्ल बल्ल आफ्नो हिम्मत र बुवाको सहयोगले वीरगन्जमै प्लस टु पढ्न थालेकी थिएँ।

उमेर बढ्दै जाँदा जवानीले भन्दा पनि जिम्मेवारीले थिच्न थालेको थियो। कलेजमा अनेक किसिमका साथीहरू भेटिए।

जो भेटे पनि भोला जस्तो प्रिय कोही भएनन्। भोला साथ थिएन र पनि साथै भएजस्तो लाग्थ्यो।

कलेजमा केही समस्या आउँदा मलाई भोलाको अभाव खट्किन्थ्यो। कलेज गएपछि झन् आमाको शंका गर्ने बानी बढेर गयो।

कहिलेकाहीँ कलेजका साथीहरू घरैसम्म आइपुग्थे। आमा केटा साथीहरूसँग बोलेको देखेर बम हुन्थिन्। केटासँग बोल्नासाथै छोरी बिग्रियो भन्ने आमाको पुरानै रोग बल्झिन्थ्यो।

अनि मलाई कलेज जानबाट रोक्ने अनेकौ बहानाहरू खोज्न थाल्थिन्।

गाउँका अन्य केटीहरूको स्थिति पनि मेरो भन्दा खासै फरक थिएन। उन्नाइस बीसको अन्तर थियो होला तर पनि छोरीलाई हेर्ने समाजको चस्मा उस्तै थियो।

वैशाख महिनाको एक साँझ बेलुकी खाना खाएर हामी सबै परिवार छतमा बसेर शितल हावा खाँदै थियौं। मेरो बाह्र कक्षाको परीक्षा भर्खरै सकिएको थियो।

आमाले एकाएक मेरो बिहेको निर्णय सुनाइन् – ‘लौ अब तेरो बाह्र कक्षा पनि सकियो। बेतियामा तेरा मामाले केटा खोजेका छन्। केटाको पढाय नभए पनि निकै धनी छन् रे। हामीले त एक लाख तीस हजारमा दहेज पक्का गरी तीस हजार बैना मारेर आएका छौं। यति राम्रो घर पाउँदा पनि बेसी कुरा गर्छेस् भने अब यो घरमा तेरो लागि ठाउँ छैन। आफ्नो सूर कसे हुन्छ।’

मलाई अकस्मात् आठ रेक्टरको भुईंचालो गएजस्तै भयो। पुलुक्क बुवाको मुख हेरें। बुवा चुपचाप बस्नुभयो।

बुवाले कुनै प्रतिकृया दिनुभएन। सायद यो निर्णयमा बुवाको पनि सहमति हुनुपर्छ भन्ने लाग्यो। बुवालाई पनि अब मेरो बिहे गरिदिनुपर्छ भन्ने लाग्यो होला।

 बुवाको मौनताले मलाई निकै कमजोर बनायो। हिजो आमासँग मात्रै बनेको दूरी बुवासँग पनि बन्ने हो कि भन्ने चिन्ता लाग्यो। म कुनै हालतमा पनि बुवाको मन दुखाउन चाहन्नथें।

 चिन्ताको भारी बोकेर कोठामा छिरें। रातभर निद्रा लागेन। आमाको कुराले मनमा अन्तर्द्वन्द्व मच्चिरह्यो। केटो पढेको छैन।

केटोलाई एकपटक पनि देखेको छैन। केटोको बानी व्यहोरा,स्वभाव,सोच केही थाहा छैन। नचिनेको नजानेको पराइ मान्छेसँग कसरी जिन्दगी बिताउने?

उसको मन मसँग हुन्छ हुँदैन उसको धनले के गर्ने?

फेरि मेरो बिहे गर्ने कुरोमा मलाई एकवचन पनि नसोधी आमाले कसरी निर्णय गर्नु भो?

बुवाले पनि एकपटक किन मेरो मन बुझ्नुभएन?

मेरो मनमा पानीको फोकाजस्तै अनेकौ प्रश्नहरू उठ्दै फुट्न थाले।

मलाई भने अझै पढेर आफ्नै खुट्टामा उभिएपछि मात्र आफूलाई माया गर्ने मान्छेसँग बिहे गर्ने धोको थियो। आमाबुवाको निर्णयले मेरो त्यो धोकोमा एकाएक झरी पर्यो। सोच्दासोच्दा टाउको दुखेर आयो। सँगै बोतलमा रहेको पानी खाएँ। आँखा चिम्म गरेर त्यो अमुक केटोलाई सम्झें।

आमाको हठी र निर्दयी मनलाई सम्झें। बाबुको बाध्यतालाई सम्झें। आफ्नो जीवन र भविष्यलाई सम्झें। गाउलेहरूको सोच र गाउँको परिस्थितिलाई सम्झें। मलाई मेरो जीवनभन्दा उत्तम र मूल्यवान केही लागेन।

आफ्नो भविष्यको अगाडि आमा ,बुवा,नातेदार,गाउँलेहरू सबै फिक्का फिक्का लाग्यो। परिवारका विरूद्धमा विद्रोह नै सही यतिखेर मैले कदम उठाउनुपर्छ भन्ने लाग्यो  म आफैंका लागि, मेरी बहिनीका लागि र मजस्तै गाउँका केटीहरूका लागि।

मलाई आमा बुवाको हठ पूरा गर्न आफ्नो जीवन समर्पण गरी आदर्श छोरी बन्नु थिएन। आमाबुवाको शिरको बोझ बन्नु थिएन। परिवार र समाजको खोक्रो आडम्बर र कुसंस्कारको पक्षमा आत्मदाह गर्नु थिएन। भोलि समाजले के भन्लान्, बाबुआमाले के सोच्लान् भन्ने कुराको पनि चिन्ता थिएन। केवल अब के गर्ने भन्ने छटपटीले मन बेचैन थियो।

सोच्दा सोच्दै रातको तीन बज्यो। आगोले मेरो साप्रामा बनाएको पुराको घाउको टाटालाई मुसारें। त्यो बाटोलाई पनि सम्झें।

यति सुन्दर जीवनलाई फेरि कुरूप बनाउन मन लागेन। जीवनसँग हारेर कतै हाम्फाल्न र कसैसँग सम्झौता गर्न पनि मन लागेन।

जीवनको बाटो खोज्दाखोज्दै त्यो अन्धकार रातमा अनयासै भोलाको याद आयो। झट्पट् मोबाइल उठाएर भोलालाई डायल गरें।

‘हेलो !’ - तेस्रो घण्टीमै उताबाट भोलाको आवाज आयो।

भोलाको आवाजले मेरो मन तरङ्गित भयो। मनको सबै बोझ हलुका भएको महशुस भयो।

‘भोला ! म गाउँ छाडेर काठमाडौं आऊँ? ’- मेरो अप्रत्यासित प्रश्नले ऊ झस्कियो।

 ‘माधुरी ! तिमी.?...यति राति.?....के..के..भो र ? .....यहाँ फेरि.....?...तिमी केटी मान्छे ?....’ - भोला आश्चर्य भावमा अकमकिँदै बोल्यो।

‘म आजै राति घर छाड्दैछु भोला। यो घरमा अब मेरा लागि कुनै ठाउँ रहेन। तिमी नै भन म तिमी कहाँ आऊँ कि अन्त कतै जाऊँ ? ’- मैले भोलालाई अप्ठ्यारोमा पारिदिएँ। मसँग अर्को कुनै उपाय पनि थिएन। मेरो मनमा भोलाले जति विशाल घर अरुले बनाउन सकेको पनि थिएन। मैले आफ्नो समस्या फुकाउन भोलालाई समस्यामा पारिदिएँ।

भोला केही नबोली चुपचाप बस्यो। भोलासँग यति ठूलो निर्णय गर्ने साहस र क्षमता दुबै थिएन भन्ने मलाई राम्रो ज्ञान थियो। उसले मलाई आऊ त भनेन तर नआऊ भन्न पनि सकेन। यसैमा मैले मेरो उत्तर पाएँ।

उसले टेलिफोनमा फेरेको स्वासले मलाई बोलाए झैं लाग्यो। झ्यालबाट बाहिर हेरें। चुक घोप्टे जस्तै अँध्यारो थियो।

घर वरपर कुकुरहरु भुकिरहेका थिए। अँध्यारोमा भाइबहिनीले चाल नपाउने गरी बिस्तारै उठेर आफ्नो एकसरो लुगा र सर्टिफिकेट झोलामा राखें। भाइबहिनीको टाउकोमा मुसारें।

के भो के भो आँसुले आँखा धमिलो भो। मूल ढोकालाई बलपूर्वक बाहिरपट्टि धकेलेर आवाज नआउने गरी चुकुल खोलें। चकमन्न रातलाई गाउँमै छोडेर वीरगन्जतर्फ लागें।   

बिहान  छ बजेकै बसमा सिट मिल्यो। टिकट लिएँ। कसैले चिन्छन् कि भनि सलले मुख छोपेर बसमा चढें। केहीबेरमा नै बस चल्न थाल्यो। भर्खर उदाएको घामले घण्टाघरको छानामा स्पर्श गर्दै थियो।

घण्टाघर चोकको  चिया पसल र पत्रिका पसलमा मान्छेहरू जम्मा हुँदै थिए। म भने घण्टाघरको छानामा लागेजस्तै उज्यालो र न्यानो घामको खोजीमा निस्किँदै थिएँ।

यात्रु भरिएपछि बस कुद्न थाल्यो। बसको गतिले मेरो घर,गाउँ,सहर र मेरा आफन्तहरू सबै पछाडि छुट्दै गए। बसको झ्यालबाट हेरें। मबाहेक सबै सबै चिजहरू पछाडि छुटिरहेका थिए। म भने आफ्नो भन्ने सारा नाता र सम्बन्धहरूलाई त्यागेर रफ्तारमा राजधानीतर्फ अगाडि बढिरहेको थिएँ… ।

 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १८:२८
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

डोजोभित्रको अन्तिम घण्टी!
खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP