Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, फागुन १४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

अन्तिम सम्बोधन

Nmb
Nmb
अस्मिता हुमागाईं

अस्मिता हुमागाईं

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

दिनको पहिलो प्रहर ओछ्यानबाट उठ्न नपाउँदै उसको धमिलो यादहरू सपना बनि आएकोले मन एकतमास भइनै रहेको थियो। ऊ अर्थात् साजन, यादका कोसेलीहरू बोकी सपनीमा टुप्लुक्क आएको थियो।   

सपना पनि स्वार्थी छ,  बिनाकारण उसको याद बोकेर घाउ बल्झाउन बेलाबेला आइरहन्छ एकसुरे भई सोच्दै सानी चिया बनाउँदै थिई । 

कडा रंग, चिनी कम भएको चिया साजनलाई औधि मनपर्थ्यो। साना साना चिजहरूमा साजनका यादहरू जोडिएका थिए। चाहेर पनि सानी साजनका यादहरूलाई बिर्सन सकेकी थिइन।                                           

कलेजको क्यानटिनमा बसि हातमा चुरोट, राजनीतिक गफसँगै चिया सुर्की मार्दै सानीलाई कर्के नजरले हेर्ने गथ्र्यो। 

प्लेटमा समोसा, चना खाँदै सानी पनि साजनका कर्के नजरलाई सम्बोधन गर्ने गर्थी। झन्डै दुई महिना बितिसकेको थियो होला सायद कर्के नजरको खेल चलेको।      

सानी पढाइ सकेर कोठा फर्किंदै थिई। साजन शंखरदेव क्याम्पसको गेटमा उभिएर बसेको थियो। सानीलाई देख्ने बित्तिकै हाई भन्दै बोल्न आयो। 

आँखामात्र जुधेको मान्छे एक्कासि बोल्न आउँदा सानी बेस्सरी आत्तिइ। क्यानटिन किन नआएको तिमी आज मैले कति कुरे तिमीलाई सानी। 

Premier
Laxmi bank
Premier
Laxmi bank

सानी छक्क परी पहिलोचोटिकै सम्बोधनमा उसले आफ्नो गाउँ घर, आमा,बा, दिदी बहिनीले बोलाउने नामले बोलाएको थियो सानी भनेर। 

सानीले  अकमक्क पर्दै भन्छे- खाजा खानै मन लागेन। 

Ncell
Ncell

त्यहाँबाट हिँड्छे। 

साजन पछिपछि आउँदै सानी तिमीसँग एउटा काम छ एक छिन चिया खाँदै गफ गरौं न है भन्छ।

साजनको अनुरोधलाई सानीले ठाडै नकार्दै अघि बढछे। 

आखिर साजनको लिडे ढिपीको अगाडि सानीको केही  चल्दैन।                                             

भृकुटीमण्डपको एक चिया पसलको अँधेरो कुनामा कालो चस्मा लगाएरै चिया पिउँछ। सानी र सानीको साथी मुखामुख गरेर हाँस्छन्। साजनले बुझेछ क्यार अप्ठ्यारो मान्दै चस्मा फुकाल्छ।  

चिया खाइसकेपछि सानीको साथीले सोध्छे- के काम हो ? 

साजन हाँस्दै भन्छ- चिया खाने काम। 

‘ह्या ओई हिँड्’ निलुले सानीलाई हातमा तान्दै भन्छे।                                                              

सानी, निलु सरासर बाटो लाग्छन्। सानी घर नपुग्दै सानीको मोबाइलमा फोन आउँछ। सानीले फोन उठाउँछे।  कल साजनको हुन्छ । विभिन्न बहाना खोज्दै साजन सानीलाई कल गरिनै रहन्छ।

यसरी सानीको मन साजनले जितेरै छाड्छ। बागबजार, पुतलीसडक, डिल्लीबजारका  हरेक चिया पसलहरू साजन, सानीको डेटिङ स्थान थियो। सानी, साजनको प्रेम झाँगिएको पनि तीन वर्ष पुगिसकेको थियो। पशुपति, स्वयम्भू, पाटन कृष्ण मन्दिर सबै देवी, देवता साजन, सानीको प्रेमका साक्षी थिए।              

दरबारमार्गको एक रेस्टुरेन्टमा साजन, एउटी केटीको हात समात्दै कुरा गरिरहेको निलुले भेट्छे। साजन निलुको नजरमा एक केटी खेलाउने केटा थियो तर सानीको नजरमा साजन त्यही सच्चा प्रेमी  थियो, जसले पहिलो भेटमै सानी भनेर सम्बोधन गरेको थियो। 

तेस्रो भेटमा कोटेश्वरस्थित आफ्नो घर लगेर सब परिवारसँग भेटाएको  थियो। सबैले रुचाएकी सानीलाई हुने वाला सासूको एनजिओमा भोलेन्टियरको काम गर्न लगाएको थियो।   

हुनेवाला सासू , सानी मिल्ने साथी भएका थिए। पवित्र मनले स्वीकारेको सम्बन्धमा बोल्न डराउनु नपर्ने रहेछ , सानीको शब्द, शैलीमा, केही अंकुसे थिएन। सानीले आफ्नो घर, साजनको घरमा कुनै फरक पाएकी थिइन। 

साजनको घर, सानीको घरको पनि साह्रै राम्रो सम्बन्ध कायम थियो, यस्तो सम्बन्धमा साजनले कसरी धोका दिन सक्छ होला भनेर सोच्नु पनि पाप थियो। 

हुने वाला सासूले अर्गनाइज गरेको कार्यक्रममा सानी, साथीहरू कार्यक्रममा सहभागी थिए।  

एक्कासि हुने वाला सासू आत्तिँदै आएर ‘सानी साजनको एक्सिडेनट भयो रे म जान्छु सबै तिमी ह्यान्डल गर है’ भन्दै जानु भयो। त्यस बखत सानी पनि धेरै आतिएकी थिई पहिलो पल्ट साजनको लागि धेरै रोएकी थिई। 

भोलिपल्ट हस्पिटल पुग्दा साजनको देब्रे हात भाँचिएर प्लास्टर गरिएको थियो। खुट्टामा टाँका लगाइएको थियो। अर्को बेडमा निलुको बहिनी निशा थिई। चुरा फुटेर हातभरि काटेको , निधारमा टाँका लागेको निशालाई देखेर सानी तीनछक्क पर्छे। 

कस्तो एकैचोटि एक्सिडेन्ट भएको तिमी र साजन दाइको, संजोग पनि कस्तो निशा? निशा भएको ठाउँमा जान्छे उस्का हातहरूलाई  बिस्तारै मुर्साछे। निशा सुतिरहेको ठाउँबाट बिस्तारै उठेर अडेस लगाउँदै बस्छे। सानी दिदी भने पछि हुरुक्कै हुने बहिनी निशाको मुखबाट कुनै शब्द निस्कँदैन बरु ढुङ्गो बोल्ला!                                                                   

साजन , निशाको प्रेम सम्बन्ध सुरू भएको पनि केही महिना बितिसकेको रहेछ। खोतल्दै जाँदा साजनका प्रेम सम्बन्धहरू धेरै भेटिए। विवाहपछि त्यस्तो हुँदैन भन्दै अनगिन्ती आँसु साजनको आँखाबाट खसे। 

हुन नसकेको सासूले कैयौं पटक सम्झाइन् सानीलाई।  मायाको खम्बा नै दरिलो थिएन ढिलो चाँडो ढल्नु नै थियो। चाँडै नै ढल्यो। अनेकौं सोचका तुफानहरू मडारिएका थिए सानीको मनमा, मन कठोर पारेर सधैंको लागि सानी त्यहाँबाट  हिँडी।

कयैनपल्ट साजन र हुन नसकेको सासूको कल आए सानीले ब्लक लिस्टमा राखी। कुनै सम्बन्धहरू फोनमा ब्लक गरे पनि मनबाट ब्लक नहुँदो रहेछ। सम्बन्ध फूलजस्तै थियो, फूलको जस्तै सम्बन्धको पनि आयू धेरै कम रहेछ ओइलाई झर्यो। त्यही रेष्टुरेन्ट, चिया पसल,गल्ली सबै त्यही भए मात्र फरक थियो समय। 

सानी यावत कुराहरू खेलाउँदै हिँड्दै थिई। 

कोटेश्वरको चोकमा अकस्मात कसैले बोलाएझैं लाग्छ । फनक्क फर्केर हेर्छे। सानी तीनछक्क पर्दै भन्छे- साजन जी ?

सानीको झैं साजनको पनि कपाल फुलेर सेता भएका थिए। बुडौलीका रेखाहरूले नशांकन गरेका थिए।

साजनले सानीलाई जिस्क्याउँदै भन्छ- सहप्राध्यापक सुनिताज्यू बुढी भइसक्नु भएछ त? साजनको अन्तिम सम्बोधनले सानीलाई रिंगायो। अनि हाँस्दै भन्छे- तीन सन्तानकी आमा भइसकें बुढी हुन्न त! 

दुबै हाँस्छन् मुखको मुद्रा र कान्तिले हृदयको खुसी, आनन्द प्रकट हुने गरी।                       
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १३:५३
सिफारिस
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
टी-२० विश्वकप २०२६ : सेमिफाइनल पुग्न कुन टोलीलाई के चाहिन्छ?
टी-२० विश्वकप २०२६ : सेमिफाइनल पुग्न कुन टोलीलाई के चाहिन्छ?
वानखेडेमा उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इन्डिजले बनाएका ७ कीर्तिमान
वानखेडेमा उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इन्डिजले बनाएका ७ कीर्तिमान
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

चिहानबाट बौरिँदा...
भैगो डिग्री पढ्दिनँ सरकार!
तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP