Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, फागुन ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

ओ माई गड

Nmb
Nmb
रुमु न्यौपाने

रुमु न्यौपाने

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

विशाल भवन अनि भवनको पाँचौं तल्लामा बैंक। जहाँ मलाई जागिरको लागि अन्तरवार्तामा बोलाईएको थियो। अहिलेसम्म घरमा सामान्य काम गरेको बाहेक बाहिर कतै कुनै काम गरेको अनुभव थिएन मसँग। केही गरी यो जागिर पाएँ भने यो नै मेरो पहिलो काम हुनेछ। लिफ्टमा पसेर पाँच नम्बर दबाएँ। लिफ्ट पाँच नम्बरमा पुगेर टक्क अडियो। लिफ्टबाट बाहिर निस्केको त ‘ओ माई गड’ हेरेको हेह्रै भएँ। कति सुन्दर ठाउँ। ढोकामा छुँदा पनि दाग लाग्ला झैं। वरिपरी फूलैफूलले भरिभराउ गमला अनि स-साना सजाईएका मूर्तिहरू। 

रिसेप्सनमा भर्खरै सोह्र-सत्र वर्षकी राम्री कटी बसेकी थिईन्। मेरो मनले अड्कल काट्यो भर्खर प्लस टु सकेर जागिर खान आएकी होली। उसलाई बोलाएँ, ‘एक्सक्यूजमी मलाई यहाँ अन्तर्वाताको लागि बोलाईएको थियो।’ मलाई माथिदेखि तलसम्म हेरेपछि उनले भनिन्,‘एकछिन यहीँ वेट गर्नुस् म्याम, सर अरूको अन्तरवार्ता लिदैं हुनुहुन्छ।’

म केही नबोली उसले ईशारा गरेको कुर्सीमा गएर बसेँ। खै कति जनाले यो जागिरको लागि एप्लाई गरेका होलान् कुन्नी। वेटिङ रूममा थुप्रै मानिस देखेँ। करिब दश मिनेट जति पर्खेपछि रिसेपसनिस्टले मेरो एकाग्रतालाई विथोल्दै भनिन्, ‘म्याम हजुर भित्र जानुहोस्।’ 

म डराई डराई भित्र गएँ। मुख पूरै रातो भएको थियो। भित्र पसेपछि मेनेजरले सोधेका सबै प्रश्नको उत्तर दिएँ। केहीबेरपछि उनले भने, ‘यो भन्दा पहिले कतै काम गर्नुभएको थियो?’ मैले हिच्किचाउँदै जवाफ दिएँ, ‘छैन सर।’ उनले अलि रुखो स्वरमा भने, ‘काम गरेको अनुभव नै नभएपछि यहाँ कसरी काम गर्नुहुन्छ?’ 

यसपटक मलाई डर लाग्न छोडेर रिस उठ्यो। अनि मैले पनि उसैगरी भनिदिएँ, ‘काम गर्ने मौका नै नदिएपछि अनुभव कसरी बटुलौं सर?’ मेरो कुरा सुनेर उनी अवाक भए। अनि मुस्कानसहित भने, ‘वेल सेड आई एम ईम्प्रेस्ड। तपाई भोलिबाटै काममा आउन सक्नुहुनेछ। तर एक महिना तपाईँले आफ्नो डिपार्टमेन्ट हेडसँग तालिम लिनुपर्नेछ।’ 

उनको कुरा सुनेर मेरो मुहारमा अनौठो किसिमको चमक आयो। मैले उनलाई झुकेर धन्यवाद दिएँ। उनले त्यसपछि आफ्नो फोनको सेट उठाएर कसैलाई फोन गरेर बोलाए। उनकै आदेशलाई सिरोपर गर्दै कोही केटा उनको रूममा आयो। मेनेजरले म तिर ईशारा गर्दै भने, ‘उहाँ हुनुहुन्छ आध्या बस्नेत।’ म मेनेजरले देखाएको केटातिर फर्किएँ। उसलाई हेरेपछि मैले आँखा झिम्काउनै बिर्सेँ। कति राम्रो केटा। गोरो अनुहार अग्लो कद। अहो वर्णन गर्नलाई कुनै शब्दै थिएन मसँग। मैले एकटकले हेरेको देखेर उसले सोध्यो,‘आर यू अलराईट?’ मैले झस्किदैं आत्तिएर भनेँ, ‘यस आई एम ओके।’ 

उसले आफ्नो हात अगाडि बढाउँदै भन्यो, ‘म यहाँको डिपार्टमेन्ट हेड नवीन खड्का।’ उसँग हात मिलाउँदा मेरा हातहरु काँपे। कुनै केटासँग हात मिलाएकै पहिलो अनुभव थियो मेरो त्यो। 

Premier
Laxmi bank
Premier
Laxmi bank

त्यो दिन काम पाएको भन्दा पनि मेरो अफिसको डिपार्टमेन्ट हेडको पर्शनालिटी सम्झेर म गदगद भएँ। 

घर पुगेर ममीलाई भनेँ, ‘ममी मैले मेरो सपनाको राजकुमार भेटेँ।’ खाना पकाउँदै गर्नुभएकी मेरी ममीले मलाई देखेर आश्चार्यमान्दै भन्नुभयो, ‘हैन के भनेकी यो एक्कासी? को भेट्यौ एकदिनमै?’ मैले ममीलाई सम्झाउँदै भनेँ ,‘ममी पहिलो कुरा आज मैले जागिर पाएँ अनि दोस्रो कुरा मैले मेरो राजकुमार भेटेँ।’

Ncell
Ncell

ममीले अलि झर्को मान्दै भन्नुभयो, ‘विवाह गर्ने उमेर भईसक्यो। तिम्रो साथीहरू सबैले घरजम गरिसके। सबैजना आमा बनिसके। तिमीलाई चाहीँ देखाएको केटा कोही मन पर्दैन।’ मैले ममीलाई सम्झाउँदै भनेँ, ‘पिर नगर्नू न ममी भर्खर त कोही भेट्दैछु।’ ममीले अलि गम्भीर भएर भन्नुभयो, ‘कसरी स्योर भएर भन्न सक्छौ तिमी? ऊ म्यारिड पनि त हुनसक्छ।’ 

ममिको कुरा सुनेर एकछिन अगाडिसम्म आकाशमा उडेको मनले अकस्मात धर्तीमा अवतरण गर्‍यो। मैले उस्तै ढुक्कसँग भनिदिएँ, ‘ह्या ममी पनि शुभ-शुभ बोल्नुस् के।’ 

ममीलाई त भनिदिएँ शुभ शुभ बोल्नुस् भनेर। तर म आफैंलाई कहाँ थाहा थियो र उसको बारेमा। मैले हतारहतार मोबाईलमा फेसबुक खोलेँ अनि उसको नाम सर्च गरेँ। उसको प्रोफाईल खोलेर हेर्न थालेँ। स्टाटस सिंगल, होम टाउन पोखरा। यति मात्रै लेखेको थियो। तर उसको फेसबुकमा उसको सिंगल फोटो बग्रेल्ती थिए। सबै फोटो एकएक गरेर हेरेँ। वाफ् रे! भेट्दा जति राम्रो थियो त्यो भन्दा राम्रा राम्रा फोटाहरु थिए उसको फेसबुकमा। ठ्याक्कै मोडल जस्तै। एक मनले भन्यो, ‘ढिलो नगर् आध्या भनिदे आफ्नो मनमा लागेको कुरा।’ अर्को मनले फेरि भन्यो, ‘हैन हैन म हतारिनु हुँदैन मैले केही समय लिनै पर्छ, उसलाई बुझनैपर्छ। अचानक आँखा अगाडि वर्षौ पूरानो घटेको घटना आयो।

***
‘ल ल जन्ती आईपुग्नै आँटे। अब धेरै समय लाग्दैन रे हिँडीसकेछन् उताबाट,’ काकीले अत्तालिँदै भन्नुभयो। काकीले नै खोज्नुभएको केटासँग मेरो विवाह हुँदै थियो। उहाँको आफन्त पर्नेको छोरा रे। काकीले ल्याउनुभएको भनेपछि ड्याडी र ममीले दोहोरो प्रश्न केही गर्नुभएन। भेटेको एक महिनामै हाम्रो विवाह पक्का भयो। केटासँग फोनमा कुरा पनि भयो। उसको बोली पानी परेपछिको बाटो जस्तै चिप्लो थियो। मलाई उसको बोली सुनेर पक्कै केही गडवड छ जस्तो लाग्थ्यो। हैन भने चाहिने भन्दा बढी नम्र को हुन सक्छ र। संस्कृतमा एउटा भनाई नै छ नि, ‘अधिकतम् नमनम् धूर्त लक्ष्यणम्,’ अर्थात् चाहिने भन्दा बढी झुक्नेको लक्षण राम्रो हुँदैन। 

मैले यो कुरा ममी ड्याडीलाई बुझाउन नखोजेको पनि हैन। तर उहाँहरुले बुझ्ने कोशिश नै गर्नुभएन। किनकि, ड्याडीलाई आफ्नो भाइ र बुहारीप्रति यति धेरै विश्वास थियो कि उहाँ काका र काकीको विरुद्धमा एक शब्द पनि सुन्न चाहनुहुन्थेन। मैले केही भनिहालेँ भने उहाँले नम्र भएर सम्झाउँदै भन्नुहुन्थ्यो, ‘ऊ तिम्रो काकी हो छोरी उसले तिम्रो बारेमा नराम्रो कसरी सोच्न सक्छे र?’ मैले हार मानेर विरोध गर्न छोडिदिएको थिएँ। 

विवाहको दिन काकीले जन्ती आईपुग्नै लागे भनेको एक घण्टासम्म पनि जन्ती आएनन्। पण्डित बाजे कराउन थाले, ‘लौन हजुर साहित नै जान आँट्यो जन्ती किन नआईपुगेका होलान्।’ त्यो दिन एक घण्टा, दुई घण्टा हुँदैं रात पर्‍यो तर जन्ती आएनन्। जन्ती नआएपछि विवाह भोज खान आएकाहरू अध्यारो मुख लिँदै आफ्नो घर फर्किए। बेलुका समाचार हेरेपछि मात्रै थाहा भयो मसँग विवाह गर्न लागेको केटालाई चेलिबेटी बेचबिखनमा संलग्न रहेको आरोपमा पुलिसले समातेको रहेछ। 

त्यति मात्रै कहाँ हो र मेरो आफ्नै काकीले उसको बारेमा सबै थाहा हुँदाहुँदै ऊ सँग पैसा लिएर मेरो विवाह गरिदिन लाग्नुभएको कुरा समेत पुष्टी भयो। यो सब कुरा तब मात्रै थाहा भयो जब ड्याडी केटालाई समातेर लगेको पुलिस स्टेशन रातारात हतारिएर सत्य पत्ता लगाउन पुग्नुभएको थियो। 

आफूले सबैभन्दा बढी विश्वास गरेको आफ्नो भाइ  बुहारीबाट धोका पाएपछि ड्याडीले उहाँहरूसँग सम्बन्ध नै तोडिदिनुभयो। त्यसपछि ड्याडीले मेरो विवाह एकदम बुझेर सोचेर गर्ने निर्णय गर्नुभयो।

*** 
ममीसँग म धेरै नै मिल्थेँ। उहाँलाई सबैकुरा भन्थेँ। उहाँलाई मैले नवीनको बारेमा पनि भनिदिएँ। उसको फेसबुक हेरेर यति कुरा थाहा पाए कि ऊ सिंगल हो। बैंकमा उसँग तालिम लिँदा र सँगै हिड्दा उसलाई बुझ्ने मौका मिल्यो। तर मैले उसको वैवाहिक जीवनबारे सोध्ने हिम्मत गर्न सकिनँ। न त अफिसमा काम गर्ने अरू कसैलाई नै सोध्न सकेँ। के होला उसको वास्तविकता? अविवाहित ? डिभोर्स? कि प्रेममा धोका? कतै मलाई जस्तै ठूलो धोका त भएको हैन उसलाई पनि? खै के हो नसोधी नहुने भयो।

नवीन एकदम नम्र बोल्थ्यो। मलाई नजानेको कुरा मायालु पाराले सिकाउँथ्यो। उसको मुहारमा मैले कहिल्यै पनि क्रोध देखिनँ। नजानेको कुरा हजार पटक सोध्दा पनि उसले झर्को नमानी जवाफ दिन्थ्यो। म उसको यस्तै बानीले प्रभावित हुँदै गएँ। म ऊ सँग अफिसमा त्यति बोल्न सक्दिनँ थिएँ। अफिसमा हामीलाई एकअर्कासँग गफ गर्ने मौका पनि मिल्दैन थियो। त्यसैले म उसँग प्रायः फेसबुकमै कुरा गर्थें। तर ऊ मैले पठाएको म्यासेजको रिप्लाई मात्रै दिन्थ्यो। खासै बोल्थेन। हुन त उसको स्वभाव नै त्यस्तो थियो धेरै नबोल्ने अनि काममा मात्रै ध्यान दिने। तर पनि म उसँग विभिन्न वाहनामा बोलिरहन्थेँ। 

काम गर्न थालेको लगभग एक वर्षपछि मैले उसलाई शनिबार बिदाको दिन पारेर भेट्न आग्रह गरेँ। उसको र मेरो पार्कमा भेट्ने कुरा भयो। मैले उसलाई भटेर मेरो बारेमा सबै डराई डराई भनेँ। नेपाली समाज हो उसले केही भन्ने पो हो कि भनेर टेन्सन पनि भयो। मेरो कुरा सुनेर उसले केही प्रतिक्रिया जनाएन। मैले घचघचाउँदै सोधेँ, ‘किन केही नबोलेको बोल न।’

उसले गम्भीर हुँदै भन्यो, ‘मेरो कुनै व्यवहारले तिमीलाई मैले मन पराउँछु जस्तो लागेको भए म त्यसको लागि माफी चाहन्छु तर.....’ बोल्दा बोल्दै ऊ रोकियो। ‘तर के भन न?’ उसले अलि अक्मकिदैं भन्यो, ‘म तिम्रो सोचाईभन्दा फरक छु। म जस्तो देखिन्छु त्यस्तो छैन र? अरूको नजरमा म पुरूष नै हुँ। जन्मिँदा पनि म पूर्ण रुपमा स्वस्थ्य छोरा नै भएर जन्मेको थिएँ। तर... म मा परिवर्तन आउँदै गयो। बिस्तारै बिस्तारै मैले यो बुझ्दै गएँ कि मभित्र महिलामा हुनुपर्ने सम्पूर्ण गुण छ। मैले जानेर बुझ्ने भएदेखि म पुतलीहरु खेल्न रुचाउन थालेँ, अमिलो मनपराउन थालेँ। म केटाहरूसँग रमाउन थालेँ। म केटीसँग बोले पनि उनीहरुप्रति कुनै फिलिङ्स कहिल्यै आएन। मलाई माफ गरिदउँ आध्या मेरो व्यायफ्रेण्ड छ। 

समाजले मेरो र मेरो व्यायफ्रेण्डसँगको सम्बन्ध नस्वीकार्ला तर मलाई केटीसँग विवाह गरेर घरजम गर्ने पटक्कै रूचि छैन। 

उसको कुरा सुन्दासुन्दै मेरो वरपर अन्धकार छाईसकेको थियो। मैले लामो सास फेरेँ। पहिला त्यस्तो धोका पाएर पहिलो पटक कसैलाई यति धेरै माया गरेकी थिएँ। तर यो सब के भयो ? मैले पहिलोपटक उसलाई भेट्दाखेरी जस्तै आँखा झिम्काउन बिर्सेँ। मेरो मुखबाट अन्यासै निस्कियो, ‘ओ माई गड।’ 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १७:४५
सिफारिस
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
मान्छेले मेशिन बनाएका हुन् कि मेशिनले मान्छे?
चंगाको धागो!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP