प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका मोहम्मद आफताब आलम रौतहट– २ बाट विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार उनले १८८३३ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहको मत १६८६५ छ।
योसँगै प्रतिनिधिसभामा कांग्रेसले सात स्थान जितेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १५:२६:२२