प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट गएका छन्।
कुनै विशेष काम नभए पनि आफ्नो घर हेर्न प्रधानमन्त्री ओली बालकोट पुगेका हुन्।
बालकोट नगएको धेरै समय भएकाले प्रधानमन्त्री त्यसतर्फ गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई बताए।
प्रधानमन्त्री ओली आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपणपछि बालकोट गएका थिएनन्।
ओलीको निजी निवासमा पूर्वमन्त्री एवम् नेकपा सांसद गोकुल बाँस्कोटा बस्दै आएका छन्।