नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव लड्दा २३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार पौडेल काठमाडौं ५ मा रास्वपा उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका थिए।
सस्मितले ३० हजार ७ सय ३७ मत ल्याएर विजयी हुँदा पौडेलले ९ हजार १ सय ५९ मत ल्याएका थिए।
