नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन्।
खड्का संखुवासभाका हुन्। उनी संखुवासभाबाट प्रतिनिधि सभा सांसद पनि छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले खड्काले आइतबार आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए।
२०७८ असोजमा भएको कांग्रेस संखुवासभाको अधिवेशनबाट खड्का जिल्ला सभापति निर्वाचित भएका थिए। तर खड्काले २०८० असोज १० गते जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए।
