९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ।
यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ।
प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तु क्षेत्रबाट पक्राउ गरेको थियो।
भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी गरेको सम्बन्धी बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको हो।
तस्बिरहरू: सेतोपाटी
-1710742516.jpg)
-1710742515.jpg)
-1710742517.jpg)
-1710742517.jpg)
-1710742515.jpg)
-1710742517.jpg)