गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले मध्यावधिमा जान नदिन आफूले मुख्यमन्त्रीलाई साथ दिएको बताएका छन्।
मन्त्री पदको शपथ लिएपछि सोमबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू मध्यावधिको पक्षमा नरहेको बताए।
‘सत्ता टिकाउने काम मुख्यमन्त्रीको हो। मध्यावधिमा नजाओस् भनेर मैले उहाँलाई एउटा मौका दिएको हो,’ उनले भने, ‘राप्रपालाई मध्यावधि चाहिन्छ भने त मेरो भन्नु केही छैन। म फेस गरिदिन्छु तर म मध्यावधि चुनाव भने लड्दिनँ।’
मध्यावधि चुनाव गर्न धेरै पैसा खर्च हुने पनि उनको भनाइ छ।
उनले नयाँ गठबन्धनबाट मन्त्री नहुने पनि बताए।
एकीकृत समाजवादीले आफूलाई कारबाही गर्न नसक्ने उनको दाबी थियो। ‘मलाई एकीकृत समाजवादीको ह्विप लागे लागोस्, के फरक पर्छ त? म फेरि चुनाव जितिहाल्छु। के टेन्सन? बरू उहाँहरूलाई नै गाह्रो होला,’ उनले भने।
यो पनि: दीपक मनाङेलाई एकीकृत समाजवादीले कारबाही गर्न सक्छ?