इलाम क्षेत्र नम्बर २ मा सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङ उम्मेदवार बन्ने भएका छन्।
'पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको' जनमतका सचिव बिपी साहले सेतोपाटीलाई जानकारी दिए।
‘जनमतको चुनाव चिह्न लिएर उहाँ उठ्नुहुन्छ,’ उनले भने। थाम्सुहाङ किरात-लिम्बुवान प्रदेश नामाङ्कन समितिका अध्यक्ष पनि छन्।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
यो पनि: प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच उपचुनावमा सहकार्य गर्ने विषयमा छलफल