नेकपा (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन्।
पर्वतमा शुक्रबार भएको दसौं अधिवेशनमा पदमपाणी शर्मालाई १२७ मतान्तरले पराजित गर्दै पहाडी अध्यक्ष निर्वाचित भएका हुन्।
पहाडी २२८ मत प्राप्त गर्दा शर्माले १२७ मत ल्याए।
शर्मा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ निकट मानिन्छन्। निर्वाचित भएका पहाडी एमाले प्रमखु सचेतक तथा कानुनमन्त्री पदम गिरी निकटका हुन्।
उपाध्यक्षमा विमल लामिछाने विजयी भए। लामिछानेले २१७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मिनप्रसाद श्रेष्ठले १४८ मत ल्याए।
सचिवमा १८८ मतसहित सुवासचन्द्र पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी शिव प्रसाद पौडेलले १७२ मत पाए।
उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जिवन विक्रम उचैलाई पराजित गरे। उनीहरुले क्रमश: १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन।