अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा आफूहरू नेतृत्वकै पार्टीका सांसदहरू धेरै हुने दाबी गरेको छ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै जनता समाजवादीले मधेसमा पनि आफूहरूकै सांसदको बहुमत पुग्ने दाबी गरेको हो।
महासचिव मोहम्मद इस्तियाक राईले केन्द्रमा जस्तै मधेसमा पनि आफूहरू पक्षकै सांसदको बहुमत हुने बताए।
‘मधेसको सवाल राख्नुभएको छ, २१ दिने सूचना जारी भएको छ। कतिले हाम्रो विचार र पार्टीलाई सकारात्मक रुपमा लिएर आउनुहुन्छ भन्नेकुरा छिट्टै थाहा पाउनुहुनेछ,’ उनले भने, ‘मधेस प्रदेशमा हामी उहाँहरु भन्दा बढी नै हुन्छौं।’
मधेसमा जसपा नेपालका १९ जना सांसद छन्।
महासचिव राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारीको सहअस्तित्व स्वीकार नगरेकोले नयाँ पार्टी गठन गर्नुपरेको बताए।
(न्युज एजेन्सी नेपाल)