सरकारको मन्त्रिपरिषद बैठकले २५ वटा निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो।
बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति दिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ। भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन्।
विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर (करिब एक अर्ब २० करोड बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी) टेकप्रसाद राईलाई प्रशासन विभाग र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको छ।
त्यस्तै प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरी पदस्थापन समेत गरेको छ। जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्साल र ढकाललाई मानवस्रोत विकास विभागमा पदस्थापन गरिएको हो।
त्यस्तै इसराइल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि गरेको छ।
चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका ७ वटा सवारीसाधन स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्ता छन् निर्णयहरू: