लुम्बिनी प्रदेशका दुई जना सांसद अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन्।
लुम्बिनीमा मन्त्रीसमेत रहेका भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर नवगठित जसपामा सनाखत गराएका हुन्।
अहिर अहिले लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री छन्।
उनीहरु दुबै जनाले अशोक राई नेतृत्वको जसपा रोज्नका लागि निर्वाचन कार्यालयमा आइ सनाखत गरेको निर्वाचन अधिकृत चन्द्र केसीले बताए।
केसीका अनुसार जेठ १३ गतेसम्म कुन पार्टी रोज्ने भनेर सनाखत गर्ने पाउने सुबिधा छ। कुनै पनि पार्टी बिभाजन पछि २१ दिन भित्र पार्टी रोज्न पाउने अधिकार रहन्छ ।
मन्त्रालयमा चित्त नबुझाउँदै उनले राजीनामासमेत दिएका थिए। तर पार्टी विभाजनपछि पुनः कार्यभार सम्हालेका थिए। उनी बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्।
सांसद अग्रवाल पनि बाँके क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन्।
लुम्बिनीमा जसपा नेपालका तीन जना सांसद थिए। पार्टी विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जसपासँग अब एक सांसदमात्रै बाँकी रहेका छन्।