प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सरकारलाई विभिन्न तीन निर्देशन दिएको छ।
बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको उपस्थितिमा बसेको समितिको बैठकले महिलासम्बन्धी काननु लगायतका तीन विषयमा सरकारलाई निर्देशन दिएको हो
समितिले जारी गरेको निर्देशनमा संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने भेदभाव उन्मूलन समिति (सिड कमिटी) ले नेपालको सातौं आवधिक प्रतिवेदनमाथि दिएको मुद्दाका सूचीले उठाएका विषयहरुका सम्बन्धमा सकारात्मक पहल कदमी गरी तोकिएको समयावधिभित्रै लिखित जवाफ पठाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गरेको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको उपस्थिति रहेको बिहीबारको बैठकमा विशेषज्ञको रूपमा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले संयुक्त राष्ट्र संघीय, महिला विरुद्ध हुने भेदभाव उन्मूलन समिति (सिड कमिटी) मा नेपालले गर्नुपर्ने सुधारका मुद्दाहरूको सूची प्रस्तुत गरेका थिए।
त्यसैगरी मुद्दाको सूची तथा उक्त दस्तावेजमा उठाएको लैंगिक हिंसासम्बन्धी छाता कानुन र दीर्घकालीन रणनीति निर्माण सम्बन्धमा आवश्यक पहल गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गरेको छ।