नेपाली कांग्रेसनिकट नेपाल महिला संघले सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
महिला संघकी अध्यक्ष उषा रावत मिश्रले दिएको जानकारीअनुसार मंगलबार दिउँसो १:३० बजे शान्तिबाटिका रत्नपार्कमा कार्यक्रम हुनेछ।
उनले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेकी छन्।
‘सहकारी रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिन दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्याली गर्न लागेको' उनको भनाइ छ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै सदनमा लामो समयदेखि अवरोध गर्दै आएको छ। संसदीय छानबिन समिति गठन नगरे मंगलबार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा अवरोध गर्ने कांग्रेसले चेतावनी दिएको छ।
कांग्रेस सहकारी प्रकरणमा छानबिनको माग गर्दै सदन र सडकमा पनि पुग्ने भएको छ।