नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबारबाट सुरू हुँदैछ।
केन्द्रीय कमिटीको बैठक बिहान ११ बजेबाट बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरू हुने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
बैठक बिहीबारसम्म चल्नेछ।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ। त्यस्तै पार्टीको दसौं राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित दस्तावेजहरू पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको एकीकृत समाजवादीले बताएको छ।
एकीकृत समाजवादीको दसौं महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।
यो पनि:
माधव नेपालको प्रतिवेदनः वर्तमान समीकरण बदलिन सक्छ (पूर्णपाठ)