नेपाली कांग्रेसनिकट नेपाल महिला संघले सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ।
साथै नागरिकहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुनुपर्ने महिला संघको भनाइ छ।
महिला संघले सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिन दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न मंगलबार दिउँसो काठमाडौंको शान्तिबाटिकामा कार्यक्रम गरेको हो।
महिला संघ अध्यक्ष उषा रावत मिश्रले सहकारीपीडित जनताका पक्षमा आवाज उठाइएको बताएकी छन्।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ, तरूण दल अध्यक्ष विद्वान गुरूङलगायत पनि ऐक्यवद्धता जनाउन पुगेका थिए।
तरूण दलले बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने बताएको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने र सहकारीका रकम अपचलन गर्नेमाथि कारबाही गर्नुपर्ने तरूण दलको माग छ।
कांग्रेसले सदनमा संसदीय छानबिन माग गरेको छ भने भ्रातृ संस्थालाई सडक प्रदर्शन उतारेको छ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
संसदीय छानबिन समिति गठन नगरे संघीय संसदका दुवै सदनका बैठकहरू चल्न नसक्ने कांग्रेसले चेतावनीसमेत दिएको छ।
तस्बिरहरू:
![442393220_7613126582108904_1426209792051757173_n-1715680655.jpg](https://www.setopati.com/uploads/posts/442393220_7613126582108904_1426209792051757173_n-1715680655.jpg)
![441876075_2796184813854961_2537584512827341602_n-1715679843.jpg](https://www.setopati.com/uploads/posts/441876075_2796184813854961_2537584512827341602_n-1715679843.jpg)
![435922545_2796184373855005_4745180360145976855_n-1715679843.jpg](https://www.setopati.com/uploads/posts/435922545_2796184373855005_4745180360145976855_n-1715679843.jpg)
![436222322_2796183973855045_656859409684941250_n-1715679843.jpg](https://www.setopati.com/uploads/posts/436222322_2796183973855045_656859409684941250_n-1715679843.jpg)
![441605087_2796184287188347_7360528692483191880_n-1715679843.jpg](https://www.setopati.com/uploads/posts/441605087_2796184287188347_7360528692483191880_n-1715679843.jpg)
![427984327_2796183540521755_4868948229459868756_n-1715679776.jpg](https://www.setopati.com/uploads/posts/427984327_2796183540521755_4868948229459868756_n-1715679776.jpg)