राष्ट्रिय सभा बैठक पनि निर्धारित समयमा बस्न नसकेर सारिएको छ।
बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भनिएको बैठक बस्न सकेन।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका बैठक बिहीबार अपराह्न ४:३० बजेसम्मका लागि सारिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
यसअघि बैठक कांग्रेसले अवरूद्ध गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गर्दै आएका छन्। प्रतिनिधि सभा बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको थियो।
दलहरूबीच सहमति जुटाउने प्रयास भएकोले प्रतिनिधि सभा बैठक ४ बजेसम्मका लागि सारिएको छ।
प्रधानमन्त्री दाहालले सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् भने सहकारीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक रहेको बताएका छन्।
कांग्रेसले यसबारे अनौपचारिक रूपमा संसदीय दलमा यसबारे छलफल गरेको छ।