सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए। उनी गोरखा नगरपालिका वडा नम्बर ७ का हुन्।
शर्माले गोरखास्थित गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए।