राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
शुक्रबार दिउँसो बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो।
नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।
उनले अर्को बैठक आइतबार दिउँसो १:१५ बजे बस्ने गरी स्थगित गरेका हुन्।
यस्तै यसअघि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो। बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर सूचना टाँसेर दिउँसो २ बजेका लागि सारेको हो।
नेपाली कांग्रेसले सहकारी ठगी विषयमा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। यसबारे सत्तारूढ दलहरूसँग सहमति नहुँदा बैठक अवरोध हुँदै आएको हो।