नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असभ्य व्यवहार देखाएको बताएका छन्।
शुक्रबार शीर्ष नेताबीचको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले बिहीबारको प्रतिनिधि सभामा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका हुन्।
‘कांग्रेसहरूले उत्ताउलो पन देखाए। मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, यो सभ्य व्यवहार भएन,’ उनले भने।
बिहीबारको संसद बैठकमा नेपाली कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो।
प्रतिपक्षी कांग्रेस सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको अवस्थामा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए।
कांग्रेसले गृहमन्त्रीलाई रोक्न खोजेपछि ओलीले कांग्रेसका धनराज गुरूङलाई बोलाएर त्यहाँबाट हट्न भनेका थिए। ओलीले हट्न भनेपछि कांग्रेस सांसद गुरूङले थप जोडतोडका साथ नारा लगाएका थिए।
शुक्रबार पत्रकारहरूले त्यसबारेमा सोध्दा ओलीले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोप लगाएर रिस देखाएको बताए।
भिडिओः