प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय छानबिन समितिका क्षेत्राधिकार तोक्न पटकपटक सारिएको बैठक ढिला गरी आइतबार अपराह्न सुरू भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरू उठेर विरोध गरेका छन्। उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोल्न दिएका छन्।
सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।
गृहमन्त्रीले बोल्दा सदनमा अवरोध नगर्ने कांग्रेसको भनाइ छ। तर गृहमन्त्री बोलिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने कांग्रेस नेताहरूले सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सत्ता पक्ष र नेपाली कांग्रेस तयार भए पनि यसको कार्यक्षेत्रबारे उनीहरूबीच सहमति जुट्न सकेको छैन।
कांग्रेसले गृहमन्त्रीको नाम नै तोक्नुपर्ने अडान राखेको छ भने एमाले र रास्वपा त्यसका लागि तयार देखिएका छैनन्।
लाइभ: