प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।
सोमबार बिहान साढे ८ बजे संसदीय दल कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।
बैठकले आजै बस्ने संसद बैठकको रणनीति तय गर्नेछ।
आज प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने कार्यसूची छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले लगातार संसद अवरूद्ध गर्दै आएको छ।
संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसदका कुनैपनि कारबाही अगाडि बढ्न नदिने भनेको छ।