कोशी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त भएका छन्।
प्रदेश मन्त्रिपरिषद बैठकले झापा विर्तामोड ७ का अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए।
अर्थशास्त्री अधिकारीले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधी गरेका छन्।
मन्त्रिपरिषद बैठकले मुख्य न्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कुटनीतिक राहदानीका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यस्तै सोलु दुधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका संखुवासभा र फुङ्लिङ नगरपालिका ताप्लेजुङलाई ५ लाख २ हजार आप्रवासन केन्द्र स्थापनाको लागि बजेट पठाउने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयसँग वैदेशिक रोजगारीमा जानेहरुको लागि काउन्सिलिङ कक्ष निर्माण गर्न बजेट पठाइएको उनले जानकारी दिए।