प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले वेल घेराउ गरेको छ।
प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कामकारबाही अगाडि बढाउन खोजेपछि उनीहरूले वेल घेराउ गरेका हुन्।
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्।