प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।
सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेका थिए।
उनीहरूले सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गरजस्ता नारा लगाएका थिए।
अवरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए। कांग्रेसका सांसदहरूले नाराबाजी रोकेनन।
प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिने कार्यसूची छ। सभामुख घिमिरेले कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई वक्तव्यसहित विश्वास मत प्रस्ताव राख्न समय दिएका थिए। तर कांग्रेसको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्री दाहाल रोस्टम जान पाएनन्।
सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका छन्।
तस्बिरहरू:
-ink-1716185373.jpeg)
-ink-1716185373.jpeg)
-ink-1716185373.jpeg)
-ink-1716185373.jpeg)
-ink-1716185372.jpeg)
-ink-1716185372.jpeg)
-ink-1716185372.jpeg)
-ink-1716185372.jpeg)
-ink-1716185371.jpeg)
-ink-1716185371.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी