प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वास मत लिएको आरोप लगाएको छ।
संघीय संसद भवन परिसरमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुख देवराज घिमिरेले प्रतिपक्षीलाई बोल्नसमेत नदिएको बताए।
‘प्रधानमन्त्रीजी विश्वास मत लिन आवश्यक नै नभएको दिन विश्वास मत लिन आउने, सभामुखजीले प्रतिपक्षलाई बोल्न पनि नदिने, संसदलाई ब्यारेकजस्तो बनाएर विश्वास मत प्राप्त गर्ने यो सबै कुराले अहिलेको सरकार र सत्ता पक्ष निरंकुशतातर्फ जाँदैछ भन्ने कुरा स्थापित भएको छ,’ उनले भने।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेससहित प्रतिपक्षी दलहरूको अवरोधबीच विश्वास मत लिएका थिए। प्रधानमन्त्री दाहाललाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका थिए।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी बचत ठगी प्रकरणमा संलग्न रहेकोले संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ र नाराबाजी गरेको थियो।
भिडिओ: