राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक शुक्रबारदेखि सुरू हुँदैछ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्याह्न १२:१५ बजेदेखि बैठक सुरू हुनेछ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए।
बैठकमा महामन्त्री धवलशमशेर राणाले सांगठानिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरूङले सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नेछन्।
यी प्रतिवेदनहरूमाथि केन्द्रीय समितिमा छलफल हुनेछ।
केन्द्रीय समिति बैठक जेठ १३ गतेसम्म चल्नेछ।