नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रबैया निरंकुशताउन्मुख रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा बोल्दै थापाले गठबन्धन अनुदारवादी रहेको आरोप पनि लगाएका छन्।
‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्यो,’ उनले भने, ‘त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने, यो प्रयोग भइरहेको छ।’
उनले सत्ताको रबैया निरंकुशताउन्मुख भएकोले आइतबार दिउँसो प्रदर्शनीमार्गमा विरोध सभा गर्न लागिएको पनि बताए।
‘सत्ताले जुन रबैया देखाइरहेको छ, त्यो निरंकुशताउन्मुख रबैया हो। यो गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ,’ उनले भने, ‘यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ। अहिले बोल्ने बेला आएको छ।’
महामन्त्री थापाले सहकारीको बचत ठगीबारे संसदीय छानबिन समिति गठन हुने पनि बताएका थिए।