सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ।
मंगलबार साँझ ६:१५ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।
संसदीय समिति सात सदस्यीय बनाउने दलहरूबीच सहमति छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने सदस्य रहनेछन्।
भिडिओ:
सत्तारूढ नेकपा (एमाले) बाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने भएका छन्।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने भएका छन्।
सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।
लामिछानेको नाम र पद उल्लेख नगरी उनी पहिले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति गठन भएको छ।
यो पनि: संसदीय छानबिन समितिलाई चार बुँदे कार्यादेश