आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।
बुधबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
शिक्षा समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची छ।
दुवै समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।