नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई पार्टीका अध्यक्षलाई छलफलका लागि बोलाएका छन्।
सभापति देउवाले निवास बूढानीलकण्ठमा मंगलबार अपराह्न ५ बजे छलफलका लागि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षलाई बोलाएका हुन्।
समसामयिक राजनीतिक घटनाक्रम, मधेसलगायत प्रदेश सरकारका विषयमा सभापति देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गर्न लागेको देउवाको सचिवालयले जनाएको छ।
मधेसमा जसपा संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
मधेस सरकार जोगाउन यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता पनि गरेका थिए।