नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक सकिएको छ।
छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिह भण्डारी सहभागी भएका थिए।
सभापति देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे छलफलका लागि उनीहरूलाई बोलाएका थिए।
समसामयिक राजनीतिक घटनाक्रम, मधेसलगायत प्रदेश सरकारका विषयमा सभापति देउवाले छलफल गरेको सचिवालयले जनाएको छ।
मधेसमा जसपा संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
मधेस सरकार जोगाउन यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता पनि गरेका थिए।