नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा किरणराज शर्मा पौडेललाई मनोनीत गरेका छन्।
सभापति देउवाले विधानअनुसार केन्द्रीय सदस्य पौडेललाई विभाग प्रमुखमा मनोनीत गरेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा बुधबार पौडेललाई प्रमुख मनोनीत गरेका हुन्।
महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने भए पनि देउवाले ढिला गरी विभागहरू गठन गरिरहेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो।