सत्तारूढ तीन दलका अध्यक्षबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा कुराकानी भएको हो।
उनीहरूबीच शुक्रबार दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको हो।
छलफलपछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रतिक्रिया दिएका छन्।
एकीकृत समाजवादी अध्यक्ष नेपाल बुधबार अपराह्न विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए।
सत्तारूढ दलका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै यसले राजनीतिक तरंग ल्याइरहेको छ।
एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा सरकार छ तर मुख्यमन्त्रीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी छैन। कर्णाली र कोशी सरकारमा पनि एकीकृत समाजवादीलाई सहभागी नगराइएकोमा असन्तुष्टि देखिएको छ।
मधेस सरकारबाट एमाले र माओवादी बाहिरिँदा पनि एकीकृत समाजवादी भने सरकारमै छ।
यो पनि:
माओवादी सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको जबाफ- म पनि बूढानीलकण्ठ गएको थिएँ (भिडिओ)
बूढानीलकण्ठ गएर माधव नेपालले ल्याएको तरंग