जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट १ सय १५ जना महाविधेशन प्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचन समितिले प्रदेश समिति, थरूहट राष्ट्रिय समिति, जिल्ला समिति र निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरु निर्वाचित गरेको हो जसपा नेपालका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवसहित पाँचजना लुम्बिनी प्रदेश समितिबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको उनले बताए।
जसपा, नेपालको महाधिवेशन आगामी जेठ २७देखि २९ गतेसम्म जनकपुरमा हुँदैछ।