प्रतिनिधि सभा बैठक सुरू भएको छ।
संसद भवन नयाँ बानेश्वरमा केही बेरअघि देखि बैठक सुरू भएको हो।
संसदमा आजदेखि सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल सुरू हुनेछ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ।
अहिले सांसदहरूले विशेष समयमा आ-आफ्नो धारणा राखिरहेका छन्।
लाइभः