सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
आइतबार अपरान्ह ४ बजे बसेको प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनामा बजेट विनियोजन उच्च प्राथमिकताका रहेको उल्लेख गरिएको छ।
उद्यमशीलता विकासमार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा प्राथमिकता दिइने जनाएको छ।
यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको हो।
कमैया कमलरी हलियाका बालबालिकालाई एमबिबीएस पढ्न छात्रवृत्ती दिने कुरा पनि समेटिएको छ।